काभ्रे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोगको सहयोगमा सहमति संस्था गैडाकोटद्वारा संचालित एकीकृत स्वास्थ्य र आय वृद्धिका माध्यमबाट नेपालका ग्रामिण समुदायको सशक्तीकरण परियोजनाले चौरीदेउराली गाउपालिका वडा न. ३, माझिफेदामा अवस्थित शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा कृषि तथा पशुपन्छी पालन गर्ने व्यवसायिक किसानहरुलाई सहुलित ब्याजदरमा घुम्तिकोष अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

चौरिदेउराली गाउपालिका वडा नं. ३ का वडाध्यक्ष चित्रप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा पाँच वटा कृषक समुहका ११ जना किसानहरुलाई ७ प्रतिशत ब्याजदरमा रकम हस्तान्तरण गरिएको थियो । एकीकृत स्वास्थ्य र आय वृद्धिका माध्यमद्वारा नेपालका ग्रामिण समुदायको सशक्तीकरण परियोजनाको तर्फबाट अनुदानमा ४ लाख ७५ हजार र शैलुङ्गेश्वरि बचत तथा ऋण सहकारी संस्था लि.को लगानी २ लाख २५ हजार गरी ७ लाख रुपैयाँ किसानहरुको व्यावसायिक योजनाका आधारमा वितरण गरिएको थियो । घुम्तीकोष वितरण कार्यक्रममा परियोजनाका परियोजना क्षेत्र संयोजक ध्रुव गौतमले घुम्ती कोष परिचालनको उद्देश्यका बारे प्रकाश पार्नुका साथै कृषकहरुलाई सफल व्यवसायी बन्नको लागि शुभकामना दिनुभएको थियो ।
शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिपेन्द्र चौलागाईंले घुम्ती कोष परिचालन सहकारीको लागि एक सुवर्ण अवसर प्राप्त भएको र यस कोषद्वारा ग्रामिण किसानहरु व्यावसायिक किसान बन्ने र कृषकहरुको आर्थिक स्तरोन्नति भई सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो र किसानहरुलाई समयमै ऋण चुक्ता गरी समुदायका अन्य किसानहरुलाई पनि घुम्ती कोषको अवसर दिन आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि चित्रप्रसाद चौलागाईले घुम्ती कोष परिचालन सहकारीको मर्मअनुसार ग्रामिण किसानहरुको आर्थिक उत्थानका लागि कोसेढुंगा सावित हुने तर्क राख्नुभयो । उहाले किसानहरुलाई ऋणको सहि सदुपयोग गरि बढी भन्दा बढी लाभ प्राप्त गरि समयमै ऋण चुक्ता गर्न सुझाब दिनुभयो ।

ग्रामिण किसानहरुको आयआर्जन वृद्धि गर्ने उद्देश्यले त्यस परियोजनाले स्थानीय कृषक समूह र सहकारीहरू सङ्ग सहकार्य गरि तरकारी खेती, पशुपालन र पुराना व्यवसायहरुको प्रवद्र्धन गरी स्थानीय किसानहरुलाई विभिन्न कृषिजन्य व्यवसायमा संलग्न गर्दै आएको छ । परियोजनाले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्ने उद्देश्य अनुरुप कृषि उपज संकलन केन्द्रको स्थापना गरेको छ । कृषि उपज ढुवानीको लागि छिट्टै एक गाडीको पनि व्यवस्था गर्ने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..