काभ्रेपलाञ्चोक (खानीखोला), असार १५ गते । खानीखोला गाउँपालिकाका वडा न: ५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । विकट भूगोल भएकाले हिडडुल गर्न सेवाग्राहीले सास्ती बेहोरेपछि वडामै पुगेर सेवा दिएको जानकारी दिनुभयो । बर्षादको समयमा घण्टौँ हिँडेर आउँदा सेवाग्राहीले सास्ती बेहोरिरहेको देखेपछि वडाबाट छाता र लौरो उपलब्ध गराउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, जनप्रतिनिधिले जेष्ठ नागरिककालाई मायाँको चिनो स्वरुप बितरण गरेको बताए । वडा न: ५ पालिकाकाकै केन्द्र भएकोले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमै बैङ्क रहेकाले बैङ्कसम्म आउन अरु वडाको तुलनामा अलि सहज भएकोले सुरक्षा भत्ता बैठकबाटै वितरण थालिएको हो ।”

खानीखोला जिल्लाको विकट गाउँपालिकामध्येमा पर्छ । गाउँपालिकाको केन्द्र ज्येष्ठ नागरिक, अशक्त, एकल र विधवालाई वडामै पुगेर छाता र लौरो उपलब्ध गराइएको हो । सिङ्गो गाउँपालिका नै जनताको वडा वडामै पुगेपछि खाली हात नजाने भन्दै छाता र लौरो उपहारसमेत गाउँपालिकाले उपलब्ध गराएको छ ।

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिन भएकोले गाउँपालिकाले छाता र लौरो उपहार दिएपछि दही चिउरा खाएर असार १५ मनाएको छ । यहाँका नागरिक निकै खुसी छन् । ७८ वर्षका बल बहादुर श्रेष्ठले पालिकाका सरकारलाई सरकार भएको अनुभूति मिलेको बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिन आउने जाने बर्खामा काम लागोस् भनेर छाता र लौरो उपहार दिइएको अध्यक्ष थिङले उल्लेख गर्नुभयो । पहिलो चरणमा गाउँपालिकाको केन्द्रसम्म सहज यातायातको पँहुच नभएका वडास्तरबाट भत्ता वितरण सुरु गरेको हो । त्यसको सुरुवात वडा नं ४ बाट गरिएको छ ।

यातायात र बैङ्कसँगको पहुँच नभएका, वृद्धवृद्धा, अशक्त अपाङ्गता भएका नागरिकलाई पालिकाले दिएको सेवाबाट यहाँका नागरिक निक्कै खुसी देखिएका छन् ।
गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् । वडा न: ५ बाट १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएको वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान (बाबू ) ले बताउनुभयो । स्थानीय खडनन्द आचार्यले पहिलो पटक गाउँमै सरकार आएको अनुभूति भएको उल्लेख गर्नुभयो । गाउँपालिकाले आफ्ना समस्या बुझ्न र भत्ता छाता र लौरो दिन आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्वाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुगेको जानकारी दिनुभयो ।
यस वडाबाट हरेक महिनाको एक चोटि नियमित ६० बर्ष माथीका जेष्ठ नागरिक घुम्ती स्वास्थ्य परिक्षण हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड हरेक एक आर्थिक बर्षमा नवीकरण गर्न वडामै आएर गर्नु पर्छ तर सेवाग्राहीको समस्यलाई मध्यनजर गर्दै वडा न : ५ ले घर घरमै गएर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गर्ने वडा सचिव चण्डिका थापाले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , मिना पाख्रीन, प्रेम लामा, खडक बिक, बिन्दा आचार्य , स्वास्थ्यकर्मी प्रेम खडका बुद्धिजीवी , समाजसेवी , लगाएको उपस्थितिमा बुद्धि बहादुर स्याङ्तानको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सन्चालन वडा सचीव चण्डिका थापाले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र