दिनेश भण्डारी/सिन्धुपाल्चोक:- स्थानीय स्काउट कार्यालय मेलम्चीद्वारा आयोजित २ राते ३ दिने टोलीनेता तथा विपद् व्यवस्थापन तालिम स्थानीय प्रमुख आयुक्त सुनिल कुमार भण्डारीको सभापतित्व कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख एवम् स्थानीय स्काउट संरक्षक आइतमान तामाङको प्रमुख आतिथ्यता, नगर उपप्रमुख एवम् स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानको विशेष आतिथ्यता, बागमती स्काउट प्रदेश सह आयुक्त मिनादेवी श्रेष्ठको विशेष आतिथ्यतामा तालिमको उद्घाटन भएको छ ।

उद्घाटन कार्यक्रममा इन्द्रध्वज गणका सेनानी विभिन्न वडाका जनप्रतिनिधि,पत्रकार, उद्योग वाणिज्य संघ र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायत स्काउट (शिक्षक) तथा विद्यार्थीको उपस्थिति थियो ।

कार्यक्रम संचालन शैक्षिक पद्धति आयुक्त लेखनाथ भट्टराईले गरेका थिए । स्थानीय तहमा यस्तो तालिम अपरिहार्य रहेको र मेलम्ची नगरपालिका यस गतिविधिमा पहिलो रहेको प्रमुख अतिथि,विशेष अतिथि तथा अतिथिहरुले खुलेर प्रशंसा गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र