सिन्धुपाल्चोक – जिल्ला भोटेकोशी गाउँपालिका वडा नं २ को बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय कोदारी सिन्धुपाल्चोकले प्रहरी चेकजाँचको क्रममा अबैध रुपमा ल्याइएको रक्सी बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय कोदारीको प्रमुख प्रहरी निरीक्षक संजिता श्रेष्ठको टोलिले अबैध रुपमा ल्याइएको मदिरा नियन्त्रणमा लिएको थियो ।

नेपाल र चाइना बोडर बाट अबैध बाटो प्रयोग गरि लुकाइ छिपाई ल्याइएको चाइनिज मदिरा टाइगर भनिने Demian 798 बोतल, तोफे भनिने mian sheng 20 बोतल बरामद गरिएको चाइनिज मदिरा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा नष्ट गरीएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक प्रहरी उपरीक्षक सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान विभाग सिन्धुपाल्चोक प्रमुख राजन प्रजापति, भोटेकोशी गाउँपालिका गाउँ कार्यपालिकाका सदस्य बच्चु घतानी, भोटेकोशी गाउँपालिका वडा नं २ का वडा सदस्य चेङ्गा शेर्पा लगायत युवा क्लबका व्यक्ति तथा स्थानीयहरुको सहभागिता रहेकोे थियो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र