बिमला तिमल्सिना अनेरास्ववियु काभ्रे जिल्ला कमिटिको सचिब छिन् । उनि पाँचखाल वडा नं.३ जन्मिएकी हुन् । बच्चै देखि समाज सेवा गरि समाज देश राष्ट्रकै लागि समाजसेवा बाटै एक उदाहरणिय व्यक्ति बन्नु पर्छ भनेर समाज परिर्वतनमा लागेको बताइन् ।
२०७१ सालमा पाँचखाल वडा नं. ५ मा रहेको श्री गणेश माध्यमिक विद्यालयको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटिमा आवद्ध भए त्यस पछि बुझे मैले देखेको सपना र मेरो लक्ष्य समाजसेवा पूरा गर्ने माध्यम यहीँ अनेरास्ववियु हुनेछ र म निरन्तर लागिरहे २०७९ सालमा स्थानीय चुनावको बेला म नेकपा एमालेको सुर्य चिन्हको झन्डा बोकेर पाँचखाल नगरपालिका नगर प्रमुख उप–प्रमुख र १३ वटै पालिकाको बिजय प्राप्त गर्न अहोरात्र खटिए ।

संघको चुनाबमा पनि त्यस्तै सक्रियता कायम राखे मेरो क्षेत्र नं. २ बाट संघको बिजय प्राप्त गर्न सफल भैयो । राजनीति यात्रा सुरुवात गर्दै गर्दा पारिवारिक, आर्थिक, सामाजिक न्याय गर्दै नेतागणहरुले तिमिमा क्षमता छ केही गर्न सक्छौं तिमिलाई तिम्रो आर्थिक पाटो बलियो बनाउन हामी जागिर पनि प्रयत्न गर्छौ भनेर मोटिभेट गर्नुहुन्थ्यो । सिकाइ, अनुभव र सुनाई र भोगाइलाई मन्न गर्दै म २०८० साल जेठ १ गते नेकपा एमालेको भातृ संगठन देशकै सबै भन्दा ठूलो बिद्यार्थी संगठन अनेरास्ववियु काभ्रे जिल्ला कमिटिको महत्वपूर्ण पद सचिब प्राप्त गरे र काभ्रेमा अनेरास्ववियु महिला सचिब पहिलो रहेको थियो र सिक्ने, सिकाउने संगठनमा हामी सबै सहकार्य गर्दै अनेरास्ववियु काभ्रेलाई देशै भरी चिनाउने धेरै कामहरु गरेका छौं । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले अनेरास्ववियु काभ्रेको सचिब बिमला तिमल्सिनासँग गरेको कुराकानी

० व्यवसाय सँगसँगै सक्रिय राजनीति कसरी सम्भव भयो ?
जब म २०८१ साल जेठ १ गते अनेरास्ववियु जिल्ला कमिटी सचिव भए । मैले वर्तमान मात्र सोचिन र भबिष्य पनि सोच्न थाले र मलाई लाग्यो आज युवाहरु विदेश पलायन भएका छन् । रोजगारिका लागि किनकि नेपालमा सम्भावना नदेखेर हो । देशमै रहन आर्थिक पाटो आयस्रोत पनि चाहिन्छ त्यसको लागि आवश्यक रोजगार हुन पर्यो वा व्यवसाय गर्न पर्यो मैले सोचेको राजनिती यात्रा निकै लामो छ जब सम्म म संग केही गर्छु भनि साहाश रहन्छ तब सम्म मेरो यात्रा जारी रहन्छ यसै विचमा मेरो पार्टी नेकपा एमालेको श्रदय अध्यक्ष कमरेड केपि शर्मा ओलिलाई सम्झन चाहे उहाँको हिम्मत आट र शाहसलाई सम्मान गर्दै मैले तय गरेको राजनिती यात्रामा महसुस गरे आर्थिक पार्टो पनि बलियो बनाउन पर्छ भन्ने लागेर २०८० साउन १ गते बनेपा तिनदोबाटोमा पलान्चोक फलफुल तथा जुस सेन्टरको नाममा व्यबसाय संचालन गरे, जहाँ फलफुल, जुस, लष्सी राखे राजनिती संगै व्यवसायलाई पनि उतिकै महत्व दिएर अगाडि बढि रहेको छु ।

० व्यवसायलाई राजनीतिले ओझेलमा पार्दैन ?
पार्दैन किन भने जहाँ इच्छा, विश्वास हुन्छ त्यहाँ हरेक कुरा सम्भव हुन्छ । जब मैले राजनीति संगै आर्थिक रुपमा पनि सक्षम हुनु पर्छ भनेर व्यवसाय संचालन गरे । व्यवसायमा मेरो बहिनी मन्जु तिमल्सिना जसले त्यहाँको सबै काम गरि व्यवसाय समाल्न मलाई सहयोग गछिन् र म उसको सहायताले व्यवसाय सबै व्यवस्थापन गरेर संगठनको कामहरुलाई पनि निरन्तरता दिन सक्छु । मैले व्यवसायलाई कहिले राजनीति संग जोडिन मेरो पसलमा आउने सबै व्यक्ती चाहे त्यो जुन पार्टी बिचारको होस् मेरो लागि सबै समान हुन् । नेकपा एमालेका नेताहरु पनि आउनु हुन्छ सल्लाह सुझाब सहित सामान किनिदिएर सहयोग गर्दिनु हुन्छ । म झन् सहज भएको महशुस गर्छु ।

० राजनीतिमा महिलाको सक्रियता निकै कम छ नि किन होला ?
नेपालको राजनिती परिवेशलाई नियाल्दा, राजनितीमा महिलाको सक्रियता निकै कम देखिन्छ । मलाई लाग्छ, यो हुनुमा सोच र अरुको साहारा हो, किन भने महिलाहरु चुलो चम्कामा बस्नु पर्छ, कसैसंग बोल्न घुलमिल हुन हुन्न भन्ने पुरानो सोचले महिलाहरु अलि पछि परेका छन् । आर्थिक पार्टो जसको लागि अरुको भर गरेर घर परिवार, श्रीमान्, दाईभाइर्, बुवा र आमासंग मागेर खर्च टार्दा पनि सक्रियता कम भएको जस्तो लाग्छ । जब महिलाहरु उधम संग जोडिएर व्यवसायिक बन्छन् तब कसैको भर पर्न पर्दैन र अगाडि बढन सहज र सकृय हुन्छन् ।

० नेपालको राजनीतिमा महिलालाई सफल हुने सम्भावना निकै कम छ नि होइन ?
म त्यो देख्दिन यहाँ लाखौ महिला छन् जो कुनै पुरुष भन्दा कम छैन । महिला रास्ट्रपति बनेको देशमा, आज पुलिस अफिसर, साइकल गुडाउने देखि प्लेन उठाउने पाइलट सम्म महिलाको सक्रियता बराबरमा पुग्न लागिसक्यो त कसरी सम्भावना छैन राजनितिमा ? यो महिलाले राजनीति गर्नुहुन्न सक्दैनन् भन्ने केहि मानिसहरुले छरेका भ्रम हो । जब पुरुष बराबर क्षमता भएका महिला छन् । मैले हेर्दा पुरुष र महिला यो २१ औँ सताब्दिमा आउदा बराबर देखेको छु । अहिले यस समयमा राजनितिमा पनि सम्भावना बराबर देखेको छु ।

० नेतृत्व विकासको तालिम दिएर मात्र महिलाहरु साँच्चै सक्षम होलान् त ?
जब सम्म सोच बदलिदै र महिलाहरु राजनीतिमा आट गर्दैनन् तब सम्म नेतृत्व बिकासको तालिमले मात्र महिलाहरु सक्षम हुदैन् । सम्भावनाको खोलामा बगेर नेतृत्व गर्ने आट लिएर राजनिती बिचारलाई व्यबहारमा लागु गर्छन् तब महिला सक्षम बन्न सक्छन् ।

० राजनीति र व्यवसायसँगै गर्दा परिवारको साथ सहयोग कत्तिको पाउनु भएको छ ?
परीवारको साथ र सपोट बिना म आज यस स्थान पुग्न सम्भावना हुदैन थियो होला, जे अहिले सम्म गरेको छु परिवारको सहयोग पाएरै गरेको हुँ । आज म जहाँ उभिएर राजनीति संगै व्यवसाय गरिरहेको छु, त्यो मेरो परिवारको देन हो । संगठन,पार्टीको कार्यक्रममा म जाँदै गर्दा मेरो बहिनी ममिले व्यवसाय सम्हाल्नुहुन्छ । मैले बाहिरीबाट साथ र सपोट गर्दिने गर्छु । आज परिवारकै साथ सपोर्टले मैले राजनीति र व्यवसाय संगै अगाडी बढाएको छु । मलाई लाग्छ परिवार बिनाको मानिस अधुरो हुन्छ, जसमा मानिस एउटा हात वा खुट्टा नभएको मानिसहरु जस्तै हो लाग्दछ । त्यसैले राजनिति र व्यवसायसँगै लाग्नको लागि मलाई निकै सरल भएको छ जहाँ मेरो पविार हुनुन्छ ।

० तपाईंको लक्ष्य ?
मेरो मुख्य लक्ष्य भनेको समाजमा रहेका जति सुकै म जस्तै महिलाहरुलाई अगाडि बढाउन पर्छ भने विस्वास लिएर म यस राजनितिक र व्यवसायमा लागेको हुँ । जुन मानिसहरुले महिला पछाडी राखेका छन् उनीहरुको लागि उदाहण वा ति महिलाहरुलाई उद्ययमी कसरी बनाउन सहिन्छ र बनाउने भन्ने मेरो लक्ष्य छ । व्यवसाय निरन्तरता संगै राजनीति मार्फत समाजसेवा गरि समाज परिवर्तनका लागी निरन्तरता लाग्ने छु । समाजमा रहेका गरीबी, अशाय, अनाथ तथा पिडितहरु कसरी न्याय दिन सकिन्छ, र सधै म सत्य र न्यायको नै बाटोमा हिड्ने छु । म मेरो गाउँ, समाजलाई समृद्ध समाज बनाउन लागि रहने छु । यसैले मेरो मख्य उद्देश्यभ भनेको राजनितिक, व्यवसाय र समाजसेवा गर्ने हो ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र