काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आयोजना भद्रदल गण भकुण्देबेशी र इलाका प्रहरी कार्यालय मंगलटारको समन्वय तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा तालिम शुरु भएको हो ।
सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभापतित्व तथा नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यतामा तालिम शुभारम्भ भएको हो । तालिम शुभारम्भ गर्दै मेयर मालाले विपद न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताए । ‘विपद कहिँ पनि कसैलाई पनि नपरोस्, यदि परिहाल्यो भने पनि हामी सबै मिलेर सामना र प्रतिकार्य गर्न लाग्नु पर्छ ।’ बमोबुद्ध नगरपालिकाका मेयर लामाले भने, ‘स्थानीय तह एकातिर, प्रहरी एकातिर, नेपाली सेना एकातिर भयो भने प्रभावकारी हुदैन, त्यसो भएर हामी सबै एक्जुट भएर अगाडि बढ्नुपर्छ ।’ विपद प्रतिकार्यका लागि जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदमा फ्रन्टलाइमा उभिनुपर्ने व्यक्तिहरु एक भएर लागौं भन्ने सन्देश दिनको लागि तालिमको आयोजना गरेको बताए । विपद सम्बन्धी प्रतिकार्य गर्न सनुदाय स्तरमै जनचेतना फैलाउनका लागि तालिमको आयोजना गरेको उनको भनाइ छ । तालिममा सहभागी भएका व्यक्तिहरुले विपदमा प्रतिकार्य गर्ने विश्वास व्यक्त गरे ।
भकुण्देबेशीमा अवस्थित २६ नम्बर बाहिनीपति अशोक गुरुङले नेपाली सेनाले स्थानीय तहहरुसग समन्वय गरेर विभिन्न कार्य गर्दै आएको बताए । ती कार्यहरू विपदमा प्रभावकारी भएको उनको भनाइ छ । विपद प्रतिकार्यका लागि पहिलो भुमिका स्थानीयको हुने उनले बताए । त्यसकारण सामुदायिक विपद प्रतिकार्य तालिम प्रभावकारी हुने उनको विश्वास छ ।
२०७२ सालको भूकम्पपछि काभ्रे जिल्ला पहिरोको जोखिममा रहेको बाहिनीपति गुरुङले बताए । तय्सैले सतर्क रहन उनले सबैलाइ अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले विपदमा सामुहिक रुपमा प्रतिकार्यका लागि लाग्नुपर्नेमा जोड दिए । जिल्लाका सुरक्षा निकाय र स्थानीय तहहरु एक भएर प्रतिकार्यमा लाग्नुपर्ने उनको भनाइ छ ।
रोशी गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबाले तालिमबाट प्राप्त सिपलाइ विपदमाको वेला सच्चै प्रयोगमा आउने विश्वास व्यक्त गरे । तालिममा सिकेको सिपले विपद प्रतिकार्य सहज हुने उनले आशा व्यक्त गरे ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख तथा प्रहरी निरीक्षक कृष्ण गिरिले संचालन गरेको कार्यक्रममा
तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले स्वागत मन्तव्य राखेका थिए ।
नेपाली सेना भद्रदल गणका क्याप्टेन समीर अधिकारी तालिमको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले तालिममा सैधान्तिक तथा व्यवहारिक ज्ञान आदनप्रदान हुने बताए । प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरुको बारेमा पनि अधिकले जानकारी दिएका थिए ।
तालिममा ८० जना भन्दा बढी सहभागी रहेको रोशी गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव तथा इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिए । तालिममा रोशी गाउँपालिकाको हरेक वडाबाट र रेडक्रबाट सहभागी रहेका छन ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र