वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि उहाँले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको हो ।

केसीले आफ्ना स्व.हजुरबुबा-हजुरमुमा तथा स्व.बुबाआमाको सम्झनमा स्थापना गर्नुभएको नगद राशीसहितको सम्मान पत्रकार, लेखक तथा गीतकार गीता अधिकारीलई अर्पण गर्नुभएको थियो । अधिकारीलाई वरिष्ठ कलारका मदनकृष्ण श्रेष्ठ र केसीले माला, खादा, सम्मान पत्र र पुरस्कार राशी अर्पण गर्नुभएको थियो ।

सो अवसरमा हास्यकलाकार नरेन्द्र कंस्कार, तैयव शाह, धनराम मुस्कान र नवहास्यकलारमा दिनेश काफ्ले एवम् सीता न्यौपाउने, चरित्र खलनायकतर्फ राजकुमार साह, समाजसेवीतर्फ मेघबहादुर सुवेदी र ओमबहादुर केसीलाई सम्मान अर्पण गरिएको थियो ।

हास्यकलाकार केसीले असार १५ लाई कलाकारको भेटघाट गर्ने दिनको रूपमा मनाउने गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र