अग्रज सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । दक्ष ईन्टरनेशनल र राज व्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा भएको ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा बिहिबार राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष कार्यक्रममा बजगाईलाई सम्मान गरिएको हो ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको दक्ष ईन्टरनेशनलका प्रमुख एवं कार्यक्रम संयोजक समेत रहेका मेकअप आर्टिष्ट टेकराज पाण्डेले बताए । कार्यक्रममा प्रमुख पाण्डे, संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहलगायतले सम्मान गरेका थिए ।
विगत लामो समयदेखि निरन्तर पत्रकारीता र समाज सेवाको माध्यमबाट यहाँले समाज रुपान्तरणमा पु¥याउनु भएको योगदान अतुलनिय छ । मोफसलमा रहेर पनि आफ्नो आवाज र कलम समाजप्रति सर्मपित गर्दै समृद्ध नेपाल निर्माणमा खेल्नु भएको भुमिका महत्व पूर्ण छ । साथै सामाजिक कार्य र समाज सेवामा तपाईले पु¥याउनु भएको योगदान झनै उत्कृष्ट रहेको छ । रंग पत्रकारिता मार्फत कला क्षेत्रलाई गरेको मायासमेतको उच्च प्रशंसा गर्दै तपाईलाई ‘मिस ब्युटीफुल नेपाल’ को नवौं संस्करण र ‘मिसेस ब्युटीफुल नेपाल’ को आठौं संस्करणको ग्राण्ड फिनालेको अवसरमा यो सम्मान अर्पण गर्दछौ–सम्मान पत्रमा भनिएको छ ।

पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन । काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सञ्चार र समाज सेवामा योगदान पु¥याए बापत सम्मानित भै सकेका छन ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र