हिमालय दृष्य रिसोर्ट, धुलिखेलमा तारकेश्वर नगरपालिका, न्यायिक समिति तथा कानुन शाखाको आयोजनामा नगर उप-प्रमुख सृर्जना बुर्लाकोटी अर्याल ज्यूको अध्यक्षतामा र नगर प्रमुख कृष्ण हरि महर्जन ज्यूको प्रमुख आतित्थ्यमा स्थानीय, जिल्ला, उच्च, सर्बोच्च बिचको कानुन सम्बन्धि तारकेश्वर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई २ (दुई) दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो | प्रमुख अतिथि नगर प्रमुख कृष्ण हरि महर्जन ज्यूले उद्घाटन गर्नुभएको यस कार्यक्रममा राष्ट्रिय न्यायिक प्रतिष्ठानका निर्देशक पारस पाैडेल ज्यूले स्थानीय न्यायिक समिति र अदालतको बिषयमा जनप्रतिनिधिहरुलाई प्रस्तुतीकरण दिनुभयो | उहाले स्थानीय न्यायिक समितिको न्यायिक कार्यलाई कसरि जनप्रतिनिधिहरुलाई व्यवस्था गर्न र यसको महत्व बारे जानकारी दिनुभयो | कार्यक्रमको प्रमुख अतिथि एबम नगर प्रमुख कृष्ण हरि महर्जन ज्यूले जनता र जनाप्रतिनिहरु बीच आपसी भईचारा मेलमिलाप हुन् जरुरि हुन्छ यो सबैको मेलले मात्रै समृद्ध तारकेश्वर निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ हामी काम गरर्न आएका हाै यसमा सबैले हातमा हात काधमा काध मिलाएर अगाडि बड्नाले नै तारकेश्वर नगरपालिकाकाे हित हुने र बिकास निमार्ण देखि जनतालाई न्याय दिलाउने कुरामा सधैं समर्पित रहिरहने कुरामा जाेड दिनु भयाे | उप-प्रमुख तथा न्यायिक समितिका संयोजक सृर्जना बुर्लाकोटी अर्याल ज्यूले नगरपालिका भित्र ५ वर्षा सम्म गर्न नसकेका काम हामीले गरेका छौ यस कार्य समिति अईसकेपछी जनताले धेरै न्यायको अनुभूती गर्नु भएको छ | यसकारण पनि तारकेश्वर नगरपालिकाको न्यायिक समितिले जनताको हक, अधिकारका लागि कुनै पनि समय जनताको पक्षमा रही रहने उनीहरुलाई न्याय समितिमा कुनै पनि बिषय आई सकेपछी त्यसको निराकरण स्वच्छ तवरबाट न्याय दिलाउने काममा लागि रहेको र हामीले गरेको कामहरुलाई तारकेश्वर नगरबासीहरुले स्वमुल्यांकन गर्नुभएकाे हुनाले हामि सम्पर्ण वडाका न्यायिक समितिका सदस्यहरु जनप्रतिनिधिहरु सबै जनासंग सहकार्य गरेर निश्पक्ष ढंगले पिडितहरुलाई न्याय दिलाउने काममा तारकेश्वर नगरपालिका लागिरहने कुरा बताउनु भयो | वडा २ का वडा सदस्य तथा हास्य कलाकार किशोर भण्डारी ज्यूले कार्यक्रममा सहभागीहरुलाई हसाएर मनोरंजन दिनुभएको थियो | न्यायिक समितिका सदस्य तथा वडा ९ का वडा सदस्य उज्वल अधिकारी ज्यूले स्वागत मन्तब्य राख्नु भयोको थियो | कार्यक्रमको संचालन कानुन शाखाका शाखा प्रमुख रचना शर्मा पन्थी ज्युले कार्यक्रम संचालन गर्नुभएको थियो |
बालकुमारी खवर
सानुकाजी थापा ९८४१२२५८७३

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….