नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको ७औं जिल्ला अधिवेशन तथा छैठौं जिल्ला महिला उद्यमी भेला शुक्रबार बनेपामा सम्पन्न भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय कावा अध्यक्ष सुर्य कडेलको प्रमुख आतिथ्यता र काभ्रे जिल्ला कावा नितेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय महिला उद्यमी समितिका अध्यक्ष रोशनी उपाध्यायलगायतले सम्बन्धीत विषयमा बोलेका थिए । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका काभ्रे इञ्चार्ज पूर्ण प्रसाद पाण्डले घरेलु तथा साना उद्योग महासंघलाई जिल्लाका सबै पालिकाहरुमा विस्तार गर्ने र श्रम र सिपलाई उद्योगसँग जोड्दै लैजान सकेमात्र परिवर्तन सम्भव हुने भएकाले नयाँ नेतृत्वले साना उद्योगी र महिला उद्यमीको पक्षमा ससक्त रुपमा कार्य गर्नु पर्ने बताए ।
जिल्ला अधिवेशनबाट नितेश राजभण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्वत चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रमन श्रेंष्ठ, उपाध्यक्ष निर्मला ताम्राकार बैदार, महासचिव सन्तोष दाहाल, सचिव बिदेश श्रेष्ठ, कोषाध्यक्ष सुवास श्रेष्ठ र सदस्यहरुमा तारा भट्टराई, शोभा खड्का, कान्छी थापा मगर, केशवराज त्रिपाठी, समिता श्रेष्ठ, हरिबोल थापा, सुवासचन्द्र सुनुवार, मंगललाल दुवालरहेका छन ।
त्यसैगरी महिला उद्यमी तर्फ अध्यक्षमा रेणुका श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, महासचिव बिमला श्रेष्ठ, कोषाध्यक्ष कल्पना राजभण्डारी र सदस्यहरुमा कल्पना श्रेष्ठ, सुनिता वैद्य, नारायणीदेवी सेवाचार्य, चन्द्रलक्ष्मी मानन्धर र सुमना ताम्राकार निर्विरोध निर्वाचित भएको नव निर्वाचित महासचिव सन्तोष दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….