जिल्लाको नमोबुद्ध नगरपालिका-९ की ३० वर्षीय माईली माया तामाङ र उनको शिशुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । तामाङलाई यही ७ गते मेथिनकोट अस्पतालले धुलिखेल अस्पताल रिफर गरेको थियो ।
धुलिखेल अस्पताल ल्याएर जाँच गर्दा आमा र नवजात शिशुको अवस्था राम्रो नभएकोले आज अप्रेशन गरी पेटभित्रको शिशु निकालिएको थियो । अवस्था गम्भिर रहेका नवजात शिशुको दिउँसो १:२० बजे मृत्यु भएको बताइएको छ ।
आमाको समेत अवस्था गम्भिर भएपछि आईसियुमा राखेर उपचार थालिएको थियो । सोही क्रममा दिउँसो ३:१५ बजे आमाको पनि मृत्यु भएको थियो । ३२ हप्ता ४ दिनको गर्भवती तामाङले पहिलादेखि नै मेथिनकोट अस्पताल भकुण्डेमा गर्भ जाँच गराउँदै आएकी थिईन ।
आमा र शिशुको मृत्यु भएपछि आफन्तहरुले उपचारमा लापर्बाही भएको भन्दै विरोध गरेका छन् ।