काभ्रेपलान्चोक – नेपाल राष्ट्रिय युवा संघले देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परेकाहरुको उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई अपिल गरेको छ । केही दिन अगाडि बाट दैनिक रुपमा परिरहेको पानीले धेरै ठाउँमा ठुलो जनधनको क्षेती भएपछि सम्पुर्ण युवा संघका नेता तथा कार्यकर्ता लाई उद्धारमा लाग्न आदेश दिएको हो ।

संघका अध्यक्ष किरण पौडेलले नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा बाढी र डुबानको बढी जोखिम भएकोले ती जिल्लाका युवा संघका सम्पूर्ण कार्यकर्तालाई पीडितको उद्धार, राहत र अन्य स्वयंसेवी भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul