नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रे शाखाको अध्यक्षमा सूर्य बहादुर श्रेष्ठ चयन हुनु भएको छ ।

प्रथम साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा शाखा गठन गरिएको हो । नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिलाई आज बनेपामा जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर वाईबाको अध्यक्षतामा एक  कार्यक्रमको आयोजना गरेर प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशनका केन्द्रीय अध्यक्ष अशोक कुमार श्रेष्ठले खेलाडीहरूलाई नयाँ नयाँ अवसर प्रदान गर्दै आएको बताउनुभयो । उहाँले नेपालमा क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन पहिलो नम्बरमा रहेको दाबी गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाईबाले जिल्लामा खेलको क्षेत्रमा उर्जा थपिएको बताउनुभयो । खेलकुदको क्षेत्रमा जिल्लाले उत्कृष्टता हासिल गरिरहेको र त्यसमा जिल्ला खेलकुद विकास समितिले प्रोत्साहन गर्दै आएको बताउनुभयो । जिल्लाका सबै पालिकासंग समन्वय गरेर खेलकुदको विकास र विस्तारमा गर्ने बताउनुभयो । जिल्लामा रहेका ८ जना प्रशिक्षकलाई महिनाको २ पटक पालिकामै पुगेर प्रशिक्षणका लागि जान समेत उहाँले आग्रह गर्नुभयो ।

जिल्लामा २ सयवटा खेलकुद संघ रहेको र उनीहरूलाई क्रियाशील रहन समेत अध्यक्ष वाईबाले बताउनुभयो । वर्षमा एउटा गतिविधि अनिवार्य गर्न र जिल्ला खेलकुद विकास समितिमा नवीकरण गर्न उहाँले संघहरूलाई अनुरोध गर्नुभयो ।

पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका प्रमुख बद्रीराज तिमल्सिनाले खेल मार्फत समाजमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

बनेपा नगरपालिका वडा नम्बर ८ का वडाध्याक्ष सुक लक्ष्यी मानन्धर कराते खेललाई थप ब्यवसायी बनाउन सहयोग पुग्ने बताउनुभयो ।

नेपाल क्योकुशिन सेइसिन काइकान कराँते एसोसिएशन काभ्रेको उपाध्यक्षमा बसन्त नारायण भोछिभया र संगम थापा, महासचिवमा नहकुल केसी, सचिव धर्मेन्द्र तिमल्सिना र कोषाध्यक्षमा निलम श्रेष्ठ रहनु भएको छ ।
सदस्यहरू पुष्पा खड्का, जयराम लामा, कल्पना सापकोटा, माधव खड्का र पुजन महर्जन रहनुभएको छ ।

प्रमुख सल्लाहकारमा महेशराज पौडेल, सल्लाहकारमा महेश कर्माचार्य, प्रेस सल्लाहकारमा नवराज बजागाईं र कपिल कोइराला रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….