काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं. ४ मा जन्मिएका अतित लामा मिस्टर तामाङमा प्रथम बनेका छन् । पछिल्लो समय मोडलिङ क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउन सफल लामा मिस्टर तामाङ २०२४ मा प्रथम भएका हुन् ।
पहिलोपटक सम्पन्न उक्त प्रतियोगिता मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यता एवम् तामाङ चलचित्रकी नायिका रन्जित ब्लोन तामाङको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामामा १५ जना प्रतिस्पर्धाीहरुको कडा प्रतिस्पर्धा भएको थियो ।
पहिलो “मिस्टर तामाङ २०२४“ प्रतियोगिताबाट मोडल अतित लामा तामाङ विजेता भएका छन् । मोडलिङमा आफ्नो पहिचान,व्यक्तित्व अनि भविस्य बनाउन संघर्षरत उनले अब तामाङ समुदायमा कसरी प्रस्तुत हुने सोच छ त ? कला,संस्कृति,भाषा,भेषभूषा प्रवर्द्धनमा आधुनिक प्लेटफर्मको प्रयोग भनिएको यो कार्यक्रमलाई तामाङ नेतृत्व विकासको अभ्यासको रुपमा पनि दाबी गरिएको छ । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले मोडल अतित लामासँग गरिएको समसामयिक कुराकानी ः
० आज भोलि के मा व्यस्त हुनुहुन्छ ?
मिस्टर तामाङ २०२४ को पहिलो संस्करणको ऐतिहासिक जित हासिल गरे संगै आजभोलि सामाजिक कल्याणको कामहरूमा संलग्न हुदैं विभिन्न मिडिया, टेलिभिजÞन र अनलाईन मिडियाहरूमा अन्तर्वाता दिदै र आफुलाई ईन्डष्ट्रीमा प्रचार गर्दैछु ।
० गित संगित क्षेत्रमा कसरी र कहिले देखि प्रवेश गर्नुभयो ?
मैले सुरुवात २०१७ बाट गरेको हो । गित संगितमा भन्दा पनि विशेष गरि मैले आफुलाई फेसन मोडल र फÞिटनेस मोडल तिर नै बढि प्राथमिकतामा राखेँ त्यहि शिलशिलामा एक दुई वटा म्युजिक भिडियोमा पनि अभिनय गरें । अबको लक्ष्य पूर्णतः चलचित्र र म्युजिक भिडियोमा नै केन्द्रीत हुनेछ ।
० सानोमा सोच्नु भएको थियो म ठूलो भएपछि मोडल बन्छु भनेर ?
सानोमा त मैलें एक्टर नै बन्ने सोचेको थिए । तर चुनौति र संघर्षको अन्दाज चाहि थिएन तैपनि लागिरहें र बिचमा फेसन मोडलिंगले आकर्षित गरायो र त्यता लागे मैले आधार पाएँ अब त्यहि सानो हुदाँ देखेको सपना र लक्ष्यलाई पुरा गर्ने अवसरको पर्खाईमा छु । सम्भवतः यो चाडै पुरा हुनेछ । खभचकबतष्भि नायक बन्ने सानै देखिको लक्ष्य नै भन्नुपर्छ ।
० अब नायक बन्ने सोच् राख्नु भएको छैन कि मोडलिङ मात्रै गर्ने सोच छ ?
पक्कै पनि नायक नै बन्ने छु त्यो पनि बहु प्रतिभाशाली सबै विधाहरूमा पोक्त भएर । दर्शकहरू, निर्माता र निर्देशकहरूको पहिलो रोजाईको नायक बन्ने कोसिस रहेको छ र त्यसको लागि तयारी पनि गर्दै गरेको छु ।
० कसको प्रेरणा बाट गित संगितमा लाग्नु भयो ?
परिवार नै मेरो प्रेरणा हो । मैलें रोजेको यो पेशा र लक्ष्यलाई हौसला र साथ दिएर अनि दिशा निर्देन गरेर यहाँ सम्म पुयाइ दिनु भयो । अवसरहरूको कमि हुदाँ पनि कहिल्यै हतोत्साहित हुन दिनु भएन
० तपाईंले अभिनय गर्नु भएको चर्चित गित कुन हो ?
मैले अभिनय गरेको सबिन लिम्बु जी को “मलाई छोड्यो‘” बोलको गित विशेषतः फेसन शोहरू मैं ब्यस्त राखेँ यस्तै धेरै छन् । दर्शनहरुको मन मुटुमा बस्न सफल भएका गित संगितहरु र मलाई चिनाउन सफल भएको छ ।
० कलाकारिता क्षेत्र बाट तपाईंले आफ्नो भविष्य देख्नु हुन्छ ?
भविष्य त पक्कै पनि छ सर्वप्रथम कलाकारितामा लागे पछि आफुमा निखारता र कौशलता हुनुपर्छ । बजारको माग अनुसार आफुलाई बहुप्रतिभाशाली र व्यावसायिक बनाउनुपर्छ । समय अनुसार आफुलाई परिवर्तन त बनाउँदै लैजानु पर्छ । यस क्षेत्रमा लागेर पनि धेरै कलाकारहरुले आफ्नो दैनिक जिवन सजिलैसंग विताएका छन् । त्यसैले मलाई लाग्छ कलाकारीतामा राम्रो भविष्य छ ।
० निकै चलेका कलाकारहरुले पनि यस क्षेत्र बाट बाच्न सकिदैन भनिरहेका छन् फेरि तपाईं चाहिँ किन यहीँ क्षेत्रमा लाग्नु भयो ?
यसलाई वैकल्पिक पेशा सोच्नेहरूले छोड्ने हो । यदि प्राथमिकतामा राख्ने हो र यस प्रति लगाव र लगन अनि दृढ़ मेहनत गने हो भने छोड्नु पर्दैन । आधारभूत स्तर देखि नै कलाकारितालाई समेटेर आफुलाई व्यावसायिक बनाउन सक्नुपर्छ । नकरात्मक पक्षलाई नहेरौं न यहाँ धेरै कलाकारहरू छन् जो कलाकारिता बाट नै आफुलाई नाम र दाम दुवै बाट स्थापित गराएका छन् ।
० पछिल्लो समय नायिका तथा मोडलहरुले चर्चामा आउन अङ्ग प्रदर्शन गरेका छन् के चर्चामा आउन अङ्ग प्रदर्शन नै गर्नु पर्ने हो ?
यो क्षेत्र मनोरंजनको भएकोले यहाँ कथा वस्तुले मागे अनुसारको चरित्र निभाउनु पर्ने हुन्छ । ग्मर पनि एउटा कथाको माग हुन्छ तर मर्यादित, सभ्य र दर्शक समाजले पचाउने सम्मको आफुलाई खोल्दा हुन्छ । तर अंग प्रदर्शनले नै चर्चामा आउने हैन समसामयिक र प्रभावकारी अभिनयले चर्चा र प्राथमिकता पाउँछ । त्यसरी अङ्ग प्रदर्शन गरेर चर्चामा आउनेहरु केहि समय मात्र यस क्षेत्रमा रहने गर्दछन् भने सभ्य भएर समाजमा पच्ने गरी काम गर्ने हो भने कहिले पनि हामी पछाडि फकिएर हेर्नु पर्दैन ।
० अहिलेसम्म कति गितमा अभियान गर्नु भयो ?
मैले गितहरुमा अभिनय भन्दा पनि फेसन शोमा बढी काम गरेको छु । अहिले सम्म फेसन शो दर्जन भन्दा बढि फेसन शोहरू गरि सकेको छु । त्यसै गरि गितमा अभिनय अहिले सम्म दुई वटा म्युजिक भिडियो गरेको छु ।
० भावी योजना के बनाउनु भएको छ ?
व्यावसायिक रूपमा मोडल एक्टर हुने तयारीमा छु । सर्वप्रथम तामाङ चलचित्र वा म्युजिक भिडियोबाट डेब्यु गरेर नेपालको ठुलठुला ब्यानरको चलचित्रहरुमा अभिनय गर्ने योजना र तयारी छु ।
० अन्तमा के भन्न चाहानु हुन्छ ?
सम्पूर्ण नव क्षितिज टिमलाई धन्यवाद तथा मेरा प्यारा आदरणिय सोता दर्शकहरूलाई, शुभेच्छुकहरू र आम दर्शकहरू नेपाली कलाकार र कलाकारितालाई माया,सम्मान र हौसला दिनु होला ।