काभ्रेपलान्चोक – तारकेश्वर नगरपालिका वडा नं ७ मा अवस्थित नाग मन्दिर र बंगालामुखी मन्दिरकाे उद्घाटन तारकेश्वर नगरपालिकाकाे नगर प्रमुख कृष्ण हरि महर्जनले गर्नु भएको छ । साे अवसरमा उपप्रमुख सृजना बुर्लाकाेटी अर्याल तारकेश्वर नगरपालिका वडा ७ वडा अध्यक्ष सानुकाजी खत्री , वडा ७ का सदस्य एंव नगरकार्यपालिकासदस्य अप्सरा खड्का वडा सदस्य रघुनाथ ढकाल, सदस्यहरू दिनेश प्रधान र चन्द्रमाया सुनुवार लगायतकाे उपस्थिति रहेकाे थियाे। साे कार्यक्रममा अध्यक्ष कविता बिष्ट खड्का ले स्वागत मन्तव्य राख्नु भएकाे थियाे। मन्तव्य राखदै वडा अध्यक्ष सानुकाजी खत्रीले याे ठाउमा पहिराे गईराखेकाे र हामी याे मन्दिर बनाएपछि यश ठाउमा गएकाे पहिराे राेकिएकाे जानकारी दिनुभयाे ।उपप्रमुख सृजना बुर्लाकाेटी ले हाम्रो नगरपालिका मठ मन्दिरले धर्म संस्कृतिले धेरै अगाडि रहेकाे र आज नाग पञ्चमी दिन यश मन्दिरकाे उद्घाटन भएको छ साच्चै भन्नू पर्दा हामी निर्वाचित भएर आए पछि पुरानो मठ मन्दिर पुननिर्माणककाे लागिपरेको र आवाश्यकता अनुसार नयाँ मन्दिर निर्माण गर्दै जानेकुरा बताउनु भयाे। पुरानो सैलिमा बनेकाे याे मन्दिरकाे साेभा बढाएकाे कुरा बताउनुभयो ।उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृष्ण हरि महर्जनले हामी धर्ममा आस्था राख्ने मान्छे हुनाले हाम्रो परम्परा रितिरिवाज लाई जिवन्त राख्नकाे लागि पुर्खाहरूले जुन किसिमकाे भुमिका खेल्नु भएको कारणले गर्दा आज नाग पञ्चमिकाे दिनलाई महत्त्वपूर्ण दिनकाे रूपमा मानिदै आएका छाैं। याे शुभअवसरमा
तारकेश्वर नपा वडा नं ७ मा रहेकाे नाग मन्दिरका साथै बंगलामुखी मन्दिरकाे उद्घाटन गर्न पाउँदा हामी भाग्यमानि ठान्दछाैं। तारकेश्वर नगरपालिका भित्र रहेकाे मठ,मन्दिर ,धारा ,कुवा लगाएतले नगरपालिकाकाे पहिचान बचाईराखेकाे छ यसलाई जिवन्त राख्नका लागि हामी सबै एक भएर लाग्नुपर्ने र याे मन्दिर निर्माणले तारकेश्वरकाे गरिमा बढाएकाे मन्दिर निर्माणमा सहयाेग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयाे। कार्यक्रम समापन गर्दै नगरकार्यपालिका सदस्य एंब वडा अप्सरा खड्काले मन्दिर निर्माणकाे बेलामा केही केही व्यक्तीबाट बिराेधकाे आभाष भएको थियाे तर मन्दिर निर्माण भएछि यहाँको स्थानीयहरूकाे प्रसंशा गरेका छन् र धेरैकाे सहयोग र चन्दाबाट निर्माणबाट बनेकाे छ अझै सबैको सहयोगकाे खाचो रहेकाे छ र यहाँ भएको पर्तिजग्गा संरक्षण गर्न सबै लाग्नुपर्ने र बर्सेनि पहिराे जानेगरेकाे र मन्दिर स्थापनासंगै पहिराे राेकिएकाे छ।भक्तजनहरूकाे आजबाट मन्दिर खाेलिएकाे र हेर दिन चतुर्मास पुराण श्रवण गर्नकाे लागि निमन्त्रणा समेत गर्नुभयो ।
सानुकाजी थापा
बालकुमारी खवर
९८४१२२५८७३

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….