सम्माननीय प्रधानमन्त्रीज्युसादर नमस्कार !
हाम्रो मुलुक नेपाल कृषिप्रधान भन्ने कुरा सानै उमेरदेखि बुवाआमाले भनेको सुन्दै हामी हुर्कियौं । बिहान देखि बेलुका सम्म पशुपालन र कृषि कर्ममा रमाउदैं आफनो जीवन गुजारा गर्नु मेरो बुवा आमा मात्र नभई देशभरिकै बुवाआमाको दैनिकी हो । जो कुराको हजुर आफैै ज्ञाता हुनुहुन्छ ।
तर बिडम्बना नै भन्नुपर्छ दिन रात नभनि दुःख र मेहेनत गर्ने तिनै किसानहरू आज रूनु परेको छ खेति लगाउने समय आयो मल छैन, सिञ्चाइ छैन पशुपालन गर्याे दूध र दुग्धजन्य वस्तुको मूल्य छैन अझ मेरा बुवा आमा र देशैभरिका कयौं बुवाआमाले दूध बेच्ने तर भुक्तानी नपाउने अवस्था कसरी आयो ? आज पशुपालन गरेर जिविका चलाउने मान्छेहरू आफ्नै परिश्रमको मुल्य नपाउदा रूनु परेको छ, बाल बच्चाको शिक्षामा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर परेको छ अझ भनौं चुलो र चौकोमा पनि यसको असर पक्कै पर्छ !
किसानले आफ्नो उत्पादन बेच्ने बजार नपाएको समस्या त ज्युँका त्युँ छ अझ बिक्री भएको वस्तु ÷ सामानको मूल्य नपाउदाँ किसानको मन कति रून्छ होला प्रधानमन्त्री ज्यु ! अनि किसाानहरूको यो विवशता र दुख हजुर बाहेक कस्ले सम्बोधन गर्न सक्छ र । बिन्ती प्रधानमन्त्री ज्यु छिटो भन्दा छिटो दुधको बक्यौता तिर्ने प्रबन्ध मिलाउन सबैलाई निर्देशन दिई किसानहरूको आसु पुछिदिनुहुन यसै खुल्ला पत्रका साथ अपिल गर्दछु ।
निवेदक :-
आभाष चौलागाईं
पाँचखाल–५, काभ्रे