तीजको माहौल तात्दै गर्दा लोकप्रिय कलाकार बिक्रमजंग शाहको “झ्याप्पै मायाँ” काे चर्चा चुलिएको छ ।

चर्चित कलाकार, चलचित्र निर्माता निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल बहुप्रतिभाका धनी बिक्रम जङ्ग शाहले आफ्नो नविनतम कोसेली “झ्याप्पै मायाँ” बजारमा ल्याएका छन् । लोकप्रिय गीत सिर्जना गर्न माहिर विक्रमजंग शाहले बजारमा ल्याएको पछिल्लो कोसेली लोक तथा दोहोरी गीत “झ्याप्पै मायाँ” मा शाहलाई स्मृति गौतमले स्वरमा साथ दिएकी छिन् । शाह र गौतमको सुमधुर आवाज रहेको “झ्याप्पै मायाँ” मा लय, शब्द, संगीत समेक शाह कै रहेको छ ।

तीज गीतको माहौल अनि दिनहु बजारमा आएका तीज गीतहरुको बजारलाई चिर्दै शाहको “झ्याप्पै मायाँ” बजारमा आएको छोटो समय मै लोकप्रयिता कमाउन थालेको छ । बजारमा “झ्याप्पै मायाँ” काे चर्चा परिचर्चा सुरु भइसकेको छ । मायालु जोडीको प्रेमिल भाका बोकेको “झ्याप्पै मायाँ” लोक दोहोरी प्रेमीको ढुकढुकी बन्न पुगेको छ । गीतको बिहिबार श्रव्यदृश्य उद्दार संगीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

लुटुपुटु गरेको हे साइली काखैमा
तिम्रै झल्को छ मेरो आँखैमा
कहिले हो त हे माइला तिमी र म हुनी
भेट हुँदा दोष लगाउँछाै जहिले नि

“झ्याप्पै मायाँ” बोलको गीतको म्युजिक भिडियोमा आयुष्मा कार्की, शिब थापा र कुमार श्रेष्ठ निकै आकर्षक अभिनय रहेको छ । कविता तोलांगीको श्रृंगार अनि दीपक गिरीको छायाँकन रहेको भिडियोको निर्देशन शिशिर बुढाथोकीले गरेका छन् भने भिडियोलाई सम्पादन कल्पेश विश्वकर्माले गरेका छन् ।

माया प्रेममा आउने उतार चढाव अनि स्नेह प्रेम भावलाई गीतमा शब्द अनि अभिनय मार्फत उजागर गरिएको छ । प्रेमिल जोडीहरुको भावनालाई सचित्र उतारिएको गीत मर्मसपशी र आकर्षक रहेको र निकै मेहनत सथ तयार गरिएकोले “झ्याप्पै माया” एकदमै उत्कृष्ट बनेको शाहको दाबी छ ।

थुप्रै चर्चित गीतहरु पस्किसकेका शाहले आफ्ना पहिलेका गीतलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिने बिश्वास व्यक्त गरेका छन् । शाहले लोकपप गीती संग्रह दोधार लोक दोहोरी गीतहरु बहिनीदे गाँसेको फूलमाल, रेलमा रुदै गई, ज्यानलाई भो खतरा, खोला खाल्छी हे माया, हेर्छौ तन्की तन्की, गर्ल फ्रेन्ड छोडे मैले, माइला लगायतका थुप्रै कालजयी तथा चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।

अघिल्ला गीतहरुको चौतर्फी सफलतापछी “झ्याप्पै माया” बोलको गीत लिएर आएका उनी “झ्याप्पै माया” पनि सफल भई आम लोक गीत प्रेमी दर्शक श्रोताहरु माझ लोकप्रिय हुनेमा आशावादी छन् ।
कलाकार, चलचित्र निर्माता समेत रहेका शाहले नेपाली चलचित्रमा मौलिक लोक दोहोरीमा समेत आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । शाह राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान अध्यक्ष समेत हुन् । देश विदेशका स्टेज जमाउन र अत्यधिक माग हुने शाह क्षणिक चर्चा भन्दा पनि लोकप्रिय हुन रुचाउँछन् । नेपाली गीत संगीतको बजार विश्वभर फैलाउन चाहने उनका गीतले बिकृतिजन्य गीतलाई सधै ओझेलमा पार्दै आएका छन् ।

देश विदेशका कार्यक्रमहरुमा सधैं व्यस्त रहिरहने शाहका कयौं गीतले नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै इतिहाँस रच्न सफल भइसकेका छन् ।

पछिल्लो कोसेली “झ्याप्पै मायाँ” लाई पनि माया गरिदिनुहुन शाहको आग्रह छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….