काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १० मा संकल्प कलेज संचालन भैरहेको छ । संकल्प कलेज काभ्रे जिल्ला कै एक मात्रै BHM र BIM अध्यापन गराउने कलेज हो । जिल्लामा नयाँ बिषय नयाँ अवसर विद्यार्थीहरुको लागी भएको छ । कसरी विद्यार्थी र अभिभावक सन्तुष्ट हुन सक्छन् शिक्षासँग रोजगार र अवसर कसरी सिर्जना हुन सक्छन् भन्ने बिषयमा रहेर नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले संकल्प कलेज बनेपाका सहायक क्याम्पस प्रमुख रजिब श्रेष्ठसँग समसामयिक कुराकानी

० संकल्प कलेजको अवस्था र शिक्षाको गुणस्तर कस्तो छ ?
यस कलेज त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन BHM र BIM सञ्चालन गरी रहेका छौ । प्रथम व्याज भर्ना भईसकेर कक्षा सञ्चालन भई सकेको छ र तोस्रो व्याज अहिले भर्ना खुल्ला भई रहेको छ । BHM र BIM प्रोग्राम दिईएको गुणस्तरयुक्त दिएका छौ । यो प्रविधिक विषय हो । शैक्षिक प्रमाणपत्र भई गुणस्तरीय शिक्षाको रुपमा पनि लिन सकिन्छ । BHM र BIM चार बर्ष कोर्ष हो । यस पश्चात आफ्नो राम्रो गन्तय प्राप्त गर्न सकिन्छ । यस शिक्षा पश्चात व्यवसाय तथा प्रविधिको BIM ले हेर्दछ भने BHM ले होटल म्यानेजमेन्टमा चार वर्ष अध्ययन पछि बजारमा एउटा राम्रो माग भएको विषय अन्तरर्गत पर्दछ ।

 

० संकल्प कलेजका विशेषता भन्नु पर्दा र विद्यार्थीहरुले यो कलेज रोज्नु पर्ने कारण ?

संकल्प कलेज एउटा राम्रो गुणस्तरीय शिक्षालाई आधार मानेर कार्य गर्ने एउटा शैक्षिक संस्था अन्तरगत एक कलेज पर्दछ । यस कलेजमा सम्पुर्ण शिक्षकहरु दुई दशक भन्दा बढी अनुभब भएका शिक्षकहरुको व्यवस्थापन गरेक छौँ । यस कलेज भित्र सुविधा युक्त भौतिक संरचा शैक्षिक गुणस्तरीता तथा अहिले हुनु पर्ने कलेजहरुमा सम्पुर्ण आधुनिक प्रविधिहरुको व्यवस्थापन भएको छ । सबै कक्षाकोठामा स्र्माट बोर्डको व्यवस्था गरी गुणस्रीय शिक्षा व्यवस्थापन गरेका छौँ । शिक्षा संगै अन्य अतिरीक्त क्रियाकलापको लागि खेलकुद मैदानको व्यबस्थापन, गुणस्तरीय कम्युटर ल्याव र होटल म्यानेजमेन्टमा लागि होटलको किचन र ल्यावको पनि व्यवस्थापन गरीएको छ ।

० कलेजलाई नतिजा मुखी र आकर्षणको केन्द्र बनाउन के योजना रहेको छ र कसरी काम गरी रहनु भएको छ ?

शिक्षासंग जोडीएका सम्पुर्ण व्यवस्थापन गरीएको छ । शिक्षासंग जोडिएको शैक्षिक ज्ञानका साथै अरु अन्य क्रियाकलाप पनि दिने गरेका छौँ । शैक्षिक ज्ञानमा आधारीत त्यससंग मिल्ने प्राविधिकका साथै होटलको ज्ञान दिएका छौँ, पछि गएर रोजगारीको लागि पनि अति आवश्यक वा कार्यमुखी ज्ञान दिदै आएका छौँ । त्यसै गरी आफ्नो अध्यान अनुसारको रोजगारी पनि संगसंगै गर्न पठाउने गरेका छौँ । य विद्यार्थीहरु चार वर्ष कोर्षसंगै सक्षम भई सकेका हुन्छन् । हामीले विद्यार्थीहरुलाई शिक्षासंगै बोल्न सक्ने क्षमता, लेख्न सक्ने क्षमता, नेतृव गर्न सक्ने क्षमता, अनुसन्धान गर्न सक्ने क्षमता पनि दिदै आएका छौँ । त्यसैले विद्यार्थीहरुको चौतर्फी विकास पनि संगै गरि रहेको हुन्छ । अहिले विद्यार्थीहरुमा शैक्षिक ज्ञान मात्रैले पुग्दैन त्यसैले अन्य कुराको पनि ज्ञान हुन अति आवश्यक हुन्छ । त्यस पछि विद्यार्थीहरु जागिर गर्न बजारमा गए पछि ति आवश्यताहरु पुरा गर्न सक्ने हुन्छन् ।

 

० संकल्प कलेजमा प्रविधि अनुसारको शिक्षण प्रणली छ कि छैन ? त्यस्तै दक्ष शिक्षकहरु हुनुहुन्छ कि हुनुहुन्न ?

कुनै पनि शैक्षिक संस्था सञ्चान गर्ने भन्ने बित्तिकै शिक्षकहरु राख्दा शैक्षिक गुणस्तरीय शिक्षकहरुको आवश्यक हुने भएकोले हामीले दुई दशक अनुभब भएका शिक्षकहरुको व्यवस्था गरेका छौँ । प्राय सबै शिक्षकहरु मास्टर सकिसक्नु भएका शिक्षकहरु हुनुन्छ । विद्यार्थीहरुलाई शैक्षिक कार्यमा कुनै पनि कमी नबनाउन कलेज फ्रिमा ईन्टरनेटको सुविधा दिईएका छौँ । हाम्रो लाइबेरी तथा ईलाईबेरीको पनि व्यवस्था छ ।

 

० शिक्षक र विद्यार्थीहरुलाई प्रोत्सानको लागि के के कार्यक्रम छन् ?

शिक्षा भन्ने कुरा एउटा मनोवैज्ञानीक कुरा हो । शिक्षा लिनको लागि उत्तप्रेरणाको ठुलो भुमिका खेलेको हुन्छ । शिक्षकहरुलाई नयाँ नयाँ मनिटरीङ कमफ्रेसन कार्यक्रमहरु गरी रहेका हुन्छौँ वा यहाँबाट पठाई रहेका हुन्छौँ । विद्यार्थीहरुलाई बेला बेलामा रिफ्रेसमेन्ट कार्यक्रमहरु तथा कुनै स्थानमा लग्ने जस्ता कार्यहरु गरी रहेका हुन्छौँ ।  हामीले शिक्षालाई विद्यार्थीहरु अल्छी नलागोस भनेर प्रयोगत्मक हिसाबले गर्ने गरेका छौँ ।

 

० तपाईहरुको शिक्षण प्रणलीबाट विद्यार्थीहरु र अभिभाकहरु कतिको सन्तुष्टी भएको पाउँनु भएको छ ?

लामो समयको बाबजुद यो कलेज स्थापना गर्न सफल भएका छौँ । हामीले गत वर्ष देखि कक्षाहरु सञ्चालन गरेका छौँ । गत वर्ष भर्ना हुनु भएका विद्यार्थी र अभिभाकको राय हामीले बुझ्दा राम्रो नै पाएका छौँ । हामीले अभिभाकहरुलाई गुणस्तरीय शिक्षा सुविधा दिन्छौँ भनेका छौँ त्यो हामीले सके सम्म दिएका पनि छौँ अबको सयम पछि पनि नयाँ नयाँ कुराको खोजी गरी सेवा सुविधाहरु हामीले दिने छौँ ।

 

० शिक्षासंग रोजगारको अवसर कसरी हुन सक्छ ?

शिक्षाले रोजगार दिन नसक्ने भन्ने धेरै कुराहरु अहिले आएको छ त्यसै कारणले विद्यार्थीहरु विदेशिएका छन् । त्यसै कारण यस संकल्प कलेजले शिक्षा दिन व्यबहारीक शिक्षा दिदै आएका छौँ । BIM विद्यार्थीहरुलाई हाम्रो संकल्प कलेजको IT संघ संस्था छन् र BHM को लागि होटल पनि छ । त्यसैले विद्यार्थीलाई केहि मात्रामा बेरोजगार भएर बस्नु पर्दैन ।

 

० संकल्प कलेजमा कुन कुन विषयमा  पढाई हुन्छ ? यि विषयहरु पढेर के के फाइदा हुन्छ, र रोजगारको अवसर कस्तो कस्तो पाईछ ?

यस संकल्प कलेज बनेपाको जनगालमा रहेको छ । BHM र BIM प्रोग्राम दिईएको छ । BIM भनेको प्राविधिक विषय हो भने BHM भनेको होटल सम्बन्धी विषय अन्तरगत पर्दछ । यि दुबै विषयहरु चार वर्षको आठ सेमेस्टर हुन्छ । अहिलेको समयमा यि दुई विषयमा रोजगार बजारमा देश तथा विदेशमा माग भएको विषय अन्तरगत पर्दछ । नेपाल सरकारले पनि यो वर्षको बजेटमा पनि यो क्षेत्रमा एकार अर्ब एकानब्य करोड छुट्याइएको छ । वि.सं २०८१ देखि २०९१ सम्म सुचना प्रविधिको वर्ष भनेर घोषण गरीएको छ । त्यसै पनि अबका वर्षहरुमा हाम्रो विद्यार्थीहरुलाई रोजगार पाउन गोह्रो नहुने देखिन्छ ।

० अन्त्यमा के भन्न चाहानु हुन्छ ?

अहिलेको समयमा पनि प्राविधिक विषय पढेर बेरोजगार भएर बस्न पर्ने छैन । सबै नेपालीहरु विदेशीनु पदैन नेपालमा नै पनि रोजगार पाईन्छ । यस संकल्प कलेजमा BHM र BIM चार वर्षमा आठ सेमेस्टरको प्रोग्राममा अध्यायन गर्नु । बेरोजगार हुन पर्ने अवस्था रहने छैन । अहिलेको समयमा कुनै पनि संस्थामा प्राविधिकको खाचो देखिएको छ त्यसै बेरोजगार हुनुहुन्न भन्ने कुरा देखिएको छ । बाह् कक्षा सकेर बस्नु भएका विद्यार्थी भाईबहिनिहरुलाई प्राविधि विषय पढ्नु भन्द छु । BHM र BIM पढ्नको लागि टि.यु.को सिम्यटको परीक्षा दिनु पर्दछ । अहिले फाराम खुलेको छ, अहिले संकल्प कलेजमा आएर सिम्यटको फाराम भर्नुस र सिम्यट परीक्षा उतिर्ण पछि तपाईको रोजाईको विषय पढ्नु होस् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….