मेरुदण्ड पक्षघात संघ काभ्रेको दोश्रो साधारण सभा तथा पहिलो अधिबेशनसँगै तीज विशेष कार्यक्रम बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता र अध्यक्ष महेश थापाको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बनेपा नगरपालिकाका उपप्रमुख विमला सापकोटाले मेरुदण्ड पक्षघात भई ह्विलचियरको सहायतामा जीवनयापन गर्नु पर्ने नागरिकहरुका लागि नगरपालिकाको तर्फबाट विभिन्न सीपमुलक कार्यक्रम प्रदान गरी आयआर्जनमा सहयोग पु¥याउने तथा कानूनी र जीवनयापनका लागि थप सहजीकरण गर्ने बताईन् ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ६ का अध्यक्ष सचितानन्द केसीले मेरुदण्ड पक्षघात भएका नागरिकहरुका लागि पूर्वाधार निर्माण तथा अन्य ब्यक्तिगत जीवनयापनका लागि आएका समस्याहरुको समाधानका लागि पहल गर्ने बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले मेरुदण्ड पक्षघात भएकाहरुले आफुले जानेको सीप मार्फत आयआर्जन गर्न र त्यस्ता ब्यक्तिहरुको आवाजलाई सबै सामु पु¥याउन संचारमाध्यम मार्फत पहल गर्ने बताए ।
कार्यक्रममा अध्यक्ष महेश्वर थापाले मेरुदण्ड पक्षघात भएकाहरुले भोगिरहेका समस्या र समाधानका लागि राज्यका निकायहरुसँग गरिएको अनुरोध तथा असहयोग र सहयोगका बारेमा जानकारी गराएका थिए ।
सोहि अवसरमा बनेपा नगरपालिका वडा नम्वर १२ कि वडा सदस्य यशोदा शर्मा, अपाङ्गता क्षेत्रमा कार्य गरिरहेका मेरुदण्ड पक्षघात भएका राजेन्द्र खनाल, हिमाल अर्याल, सुदिप श्रेष्ठ, केशव थापा, उमादेवी मैनाली लगायतले अपाङ्गता भएका जिल्लाका ८ हजार नागरिकहरुको फरक फरक समस्या रहेको बताएका थिए । सैद्दान्तिक रुपमा सबैले अपाङ्गता भएका ब्यक्तिहरुलाई गर्ने ब्यवहार फरक हुनुपर्छ भने पनि ब्यवहारीक रुपमा भने त्यस्तो नभएको उनिहरुले बताए ।
सभाबाट नयाँ समिति निर्विरोध चयन भएको छ । २०७९ सालमा ९ जना मेरुदण्ड पक्षघात भएका नागरिकहरुबाट स्थापना गरिएको उक्त संस्थामा हाल १९ जना सदस्य छन् । मेरुदण्ड पक्षघात भएकाहरुको हक, अधिकार, उपचार, रोजगार तथा सेवामा सहजता, न्यायमा पहुँच लगायतका विषयहरुलाई संस्थाले मुख्य उदेश्य बनाएको छ ।