दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे

श्रावण महिनाको १५ गते पुग्दानपुग्दै सहकारी संस्थाहरुमा एउटा निकै चटारो देखिन्छ । लेखा परिक्षण गराउने कामहरु सँगै संस्थाको बार्षिक साधारण सभा गराउने । गतबर्ष असोज मसान्तसम्म गराउनै पर्ने बार्षिक साधारण सभाहाल सहकारी ऐन २०७४ ले वयवस्था गरे बमोजिमपौष मसान्तसम्मगर्न सकिने प्रावधानको व्यवस्थाभएको छ । जसअनुसार सहकारी संस्थाहरुलाई केहि मात्रामाअलि फुर्सदको अनुभूतीमहसुशभएपनियस अवधिमानिकै तामझामका साथ सहकारीकाबार्षिक साधारण सभाहरु भइरहेको देखिन्छ । सामाजिक सञ्जालतथापत्रपत्रिकाहरुमा समेत यसको बारेमा सूचनातथा सम्पन्न साधारण सभाको समाचार पढ्न पाईन्छ ।

पत्रिकाकाआधाभन्दा बढी भाग सहकारीकै चर्चा छ । प्रत्यक्षआर्थिक पाटोमाआधारित भइकार्यहरु सञ्चालनगर्ने कारणले पनि सहकारीकाचर्चाहरु धेरै नै हुने गरेको पाईन्छ । बर्षभरी संस्थामागरिने विभिन्नक्रियाकलपहरुलाई शेयर सदस्यहरु माझ स्पष्ट रुपमाजानकारी गराउने उद्देश्यका साथप्रतिवेदनको रुपमा प्रस्तुतगर्दै आवस्यक सुझाव, सल्लाह रआउने बर्षका लागिमार्ग दर्शन प्रदानगर्ने साधारण सभालाई प्रमुखउपल्लो कार्यको रुपमालिईन्छ । साधारण सभाभन्ने बिषय कसरी कहाँबाट सुरु गरियो भन्ने मलाई जानकारीमा छैन तरपनियसको मक्सदभनेको सहकारीले आफ्ना शेयर सदस्यकाहितमाविभिन्न समयमावा एक बर्षको अवधिमा गरेका आर्थिक, सामाजिकलगायतकाक्रियाकलापहरु के कस्तो गरी सञ्चालनभयो र सञ्चालक समितितथा लेखातथा सुपरिवेक्षण समितिले जिम्मेवारी के कसरी पुरा गर्यो वा गरेन भन्ने विषयकाबारेमा सबै शेयर सदस्यहरु माफ संस्थागतविषयहरुलाई प्रस्तुत गरी छलफल गर्दै आवश्यकमार्गदर्शन प्राप्तगर्ने अवसरका रुपमा यो समयलाई लिईन्छ । मानव संशाधनका कुरा, सदस्यले बचत गरेका पैसाको सुरक्षणका बिषय, नीतिनियमकाबिषय, पारदर्शिता, जवाफदेहितातथा सुशासनकाबिषयहरु के कसरी हुन्छन ? के गरिएको छ ? र अव कसरी जाँदा राम्रो हुन्छ भनेर एक आपसमा छलफल गर्दै निचोडमा पुग्नकालागि डाकिएको वा राखिएको बार्षिक साधारण सभामा के सहकारी संस्थाका शेयर सदस्यहरुले घनिभूत रुपमा यस्ता खालकाबिषयहरु छलफलका माध्ययमबाट सहभागितात्मक रुपमापारित हुन सकेका छन् त भन्ने कुरा छलफलको बिषय बनेको छ ।

सहकारी ऐन २०७४ को दफा ३८ माउल्लेख भएअनुसार बार्षिक साधारण सभाकाअधिकारका बिषयमाबिविन्नसिमाहरु तोकिएका छन् जस मध्ये बार्षिक कार्यक्रमतथा बजेट प्रस्तुतगर्ने, बार्षिक लेखा परिक्षण प्रतिवेदनअनुमोदनगर्ने, समितिवा लेखा सुपरिवेक्षण समितिको निर्बाचनतथा विघटन गर्ने, सञ्चालकवा लेखा सुपरिवेक्षण समितिको संयोजकवा सदस्यलाई पदबाट हटाउने, समितिवा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनपारित गर्ने, विनियम र आन्तरिक कार्यविधिहरु पारित गर्ने , लेखा परिक्षकको नियूक्ति र निजको पारिश्रमिकनिर्धारण गर्ने , संस्थाएकिकरण वा विघटन सम्वन्धि निर्णय गर्ने, पारिश्रमिकलगायतकासुविधाहरु पारित गर्ने, बाह्य दायित्व स्विकार गर्ने, सदस्यको दायित्वमिनाहागर्ने, समितिलाई आवश्यकनिर्देशनदिने, विनियममातोकिएबमोजिकाकार्यहरु गर्ने जस्ता बिषयनिर्दिष्ट गरिएको हुनाले सहकारी संस्थामायी र यस्ता बिषयहरुमाव्यापक रुपमा छलफल चलाउनु साधारण सभाको कर्तब्यभित्र पर्दछ । यीबिषयहरु सहकारी आन्दोलनमालागेका अभियन्ताहरुलाई ज्ञात नभएको भने पक्कै होइन ।

आजकल सहकारी संस्थाहरुको बार्षिक साधारण सभानिकै तामझामका साथहुने गरेका छन् । प्रमुखअतिथीको रुपमाकसले माथिल्लो निकायमाप्रमुखहरुलाई ल्याउन सके भन्ने कुराले प्राथमिकतापाएको देखिन्छ यस्ता खालकाकार्यमासहकारी संस्थाहरुमाप्रायहोडबाजी नै चलेको छ । सहकारी संस्थाहरुले आफ्ना संस्थाको बार्षिक साधारण सभागर्ने भनेको संस्थाको नीतितथाकार्यक्रम र प्रगती र सुझावहरुकै लागि नै हो भन्ने लाग्दछ तर यहाँनिकै तामझामका साथगरिने उद्घाटन सत्रलाई हेर्दा सहकारीकाआफ्ना बार्षिक कार्यक्रमको समिक्षातथाआगामी योजनाहरु समग्रमाओझेलहमा परेको प्रष्टै देखिन्छ । मञ्चमाउद्घाटन सत्रमाबोलाइएकाबेग्रल्तिपाहुनातथाअतिथीज्यूहरुको सत्कार अनिपालै पालो भाषण गर्न दिइएका दृष्यहरु देख्दा पुरै दिनभरी नै सोहि तामझाममासमय खर्च भइरहेको देखिन्छ । लगभखउद्घाटन सत्रमामात्र सहकारी संस्थाहरुले ४ देखि ५ घण्टा खर्च गरेका हुन्छन् । हलभित्र रहेका शेयर सदस्यहरुलाई आफ्ना घरायसि समस्याहरुले पिरोलिरहेको हुन्छ । जवउद्घाटन सत्र समापन हुन्छ तवबन्द सत्रमा संस्थाको नीतितथाकार्यक्रम र योजनाहरुको बारेमा छलफलका समयमा शेयर सदस्यहरु आआफ्ना घरतिर हिडिसकेका देखिन्छन् । दशौ.हजार शेयर सदस्यहरु रहेका सहकारी संस्थामा समेत बन्द सत्रमा १०० जनापनिमानिसहरु देख्न सकिदैंन । अनि सञ्चालक समितिले गरेका प्रगती समिक्षातथाआगामीकार्य योजनाकाबारेमा कसरी छलफल हुन सक्दछ । अनि कसरी शेयर सदस्यहरुलाई जिम्मेवार बनाउन सकिन्छ होला? यो प्रश्न सबै अभियानकर्ताहरुले सोच्न पर्ने बिषय बनेको छ ।
हामीले सञ्चालनगर्दै आएका यस्ता खालकाक्रियाकलापहरुलाई अवकादिनमा कसरी एउटा प्रकृया भित्रलिएर सञ्चालनगर्ने त भन्ने बिषयमा छलफल चलाउनु पर्ने भएको छ । शेयर सदस्यहरुको समयलाई कसरी व्यवस्थित र उपलब्धिमूलकबनाउने भन्ने बिषयपनि महत्वपूर्ण भएको छ । यसो हेर्दा उद्घाटन सत्रलाई सकेसम्मव्यवस्थितरुपमा कसरी अगाडि बढाउने भन्ने प्राविधिकपक्षहरुलाई मात्रहामीले सोच्यौं भने मात्रपनि धेरै हद सम्मयसको व्यवस्थापनगर्न सकिन्छ । ११ बजेको समयमाबोलाइएको उद्घाटन सत्रको कार्यक्रमलाई शेयर सदस्यको हितलाई ध्यानदिदै बिहान ८ बजे देखि नै हाजिरी गर्ने पारिपाटिलाई अलिकती सुधार गर्न सकिन्छ कि ? साधारण सभामा शेयर सदस्यआफै सहभागिहुनुपर्दछ भन्ने मान्यताअनुसार प्रतिनीधिवाएकाघरका सदस्यआउँदा समेत हस्ते गराई रकमउपलब्ध गराउने परम्पराको अन्त्यगरिनुपर्दछ कि ? धेरै भन्दा धेरै अतिथीहरुलाई मञ्चप्रदानगर्ने र धेरै भाषण गर्ने परम्पराको अन्तइहुनुपर्दछ कि ?यी र यस्ता क्रियाकलापहरुको जवसम्महामीअन्त्यगर्न सक्दैनौं तवसम्महाम्रो सहकारीकाबार्षिक साधारण सभाको वेथितीज्यूँ का त्यूँ रहन्छ नै

माथिउल्लेखभएका सहकारी ऐनमा नै व्यवस्थागरिएका धेरै क्रियाकलापतथा साधारण सभाकाअधिकारहरुलाई नै आंकलनगर्ने हो भने शेयर सदस्यहरु मात्र बसेर पूरै दिनभरी नै छलफल चलाएपनि समय नपुग्ने जस्ता बिषयहरु निर्दिष्ट छन् तर साधारण सभामागरिने अन्यक्रियाकलापहरुले उक्तबिषयओझेलमा परेको प्रष्टै देखिन्छ । हालचलाइएको प्रचलनअनुसार संस्थाको हितकालागिगरिने क्रियाकलापहरु बन्दसत्रमामात्रगर्ने परिपाटिले गर्दा शेयर सदस्यहरुको उपस्थिती र छलफल निकै सामान्य रुपमा अगाडि बढीरहेको देखिन्छ । यहाँ साधारण सभाप्रमुखअतिथी बेगर नै गर्नुपर्दछ वाबोलाउनै हुन्नभन्ने कुरा होइनअनाबश्यक रुपमा समय खर्च गरेर सहकारीकै बिषयओझेदमापारिनु हुन्न र खर्चलाई मितब्ययीबनाइनुपर्दछ भन्ने कुरालाई प्राथमिकतामा राखिनुपर्दछ भन्ने हो ।

साधारण सभामाअतिथीहरुको व्यवस्थापनकापक्षहोस वाव्याच, मायाको चिनो, माला, खादा, परिवहनखर्च, खाना, खाजा, प्रतिष्पर्धामा छापिएका प्रतिवेदनपुस्तिकालगायतकाकार्यहरुलाई हेर्दा वास्तवमै अनावश्यकखर्च नै हो भन्न सकिन्छ कि सकिदैन भन्ने बिषयमा छलफल चलाउनुपर्दछ । यहाँहोडबाजिमा गरिएका साधारण सभा र लाखौं रुपैयाँखर्च गर्दै बेलुकाहुने गरिएकाभोज भतेर जस्ता क्रियाकलापहरुले सहकारी संस्थामा शेयर सदस्यहरुले तरकारी, घीउ, दुध, अण्डा, मेलापात, मजदुरी गरेर आर्जन गरेका पैसाको सुरक्षा कसरी हुन्छ भन्ने प्रश्नपनिबजार भरी उठ्ने गरेका छन् । सहकारीमा दोहोरो कर लगाइयो भनेर भाषण गरेर नथाक्ने हामीअभियन्ता, शेयर सदस्यको आर्थिक अवस्था सुधार गर्न विभिन्न माध्यमबाट जम्मागरिएका पैसामा राज्यले कर लागाउनपाइदैन भन्ने बिषयमाआवाजबुलन्दगर्नेहामीअभियन्ताहरुले हाम्रा शेयर सदस्यलेजम्मा गरेको पैसाले आर्जन गरेका वानाफा गरेका पैसामाकिनअपारदर्शी रुपमाखर्च गर्दैछौं भन्ने सोच्ने दिनकहिले आउला? नारामामात्रअनि भाषणमा मात्रसिमितगर्दै अब्यवहारिक रुपमागरिएकाखर्चलाई मितब्ययि रुपमा साधारण सभालाई किनहामीव्यवस्थित र मर्यादितबनाउन सक्दैनौ भन्ने हाम्रो छलफलको बिषयबन्नुपर्दछ । यसरी भइरहेको अनावश्यक रुपमा सहकारीको खर्च र पारदर्शीतालाई अनावश्यक रुपमा स्विकार्दै अगाडि बढ्दै जाने हो भनै भोलिकादिनमा सबै आमजनताहरुको सहकारी संस्था र हामीप्रतिविस्वास गुम्न सक्दछ । र अभियाननै ओझेलमा पर्न सक्दछ जसका कारण हामीहाम्रो लक्ष्यमापुग्न सक्दैनौ र देशमा ठूलो आर्थिक विकरालअवस्थानआउलाभन्न सकिदैन । त्यसैले हामीहाम्रा सदस्यप्रतिउत्तरदायिबन्दै सहभागितात्मक रुपमा साधारण सभामाहाम्रा सदस्यहरुलाई समेत जवाफदेहि बनाउँदै संस्था र संस्थागतबिषयहरुलाई सबै शेयर सदस्यहरु माझ घनिभूत रुपमा छलफल गराई सुझाव सहित सहकारीमाअपनत्वको भावनाजगाउनकालागिबन्द सत्रमाहुने वागरिने क्रियाकलापहरुलाई शेयर सदस्यहरु बीचको बाक्लो उपस्थिती सहितसशक्त ढंगले अगाडि बढाउन सक्यौं भने अनावश्यक रुपमाहुने खर्चमा कटौतीहुनगई सहकारीको समृद्धि हुनेछ ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….