काभ्रेपलान्चोक – “एकवृक्ष राष्ट्रको नाममा” भन्ने नाराका साथ जारी देशव्यापी १ करोड वृक्षारोपण अभियान चितवन जिल्लामा पनि शुरु भएको छ । गत श्रावण २१ गते काठमाडौँको पाशुपत क्षेत्रबाट शुभारम्भ भएको अभियान अन्तर्गत संगठनका संगठन मन्त्री सुरज पौडेलको अगुवाईमा चितवनमा शुरु भएको हो ।
भरतपुर महानगरपालिकाको १४ नम्बर वडाको वडा कार्यालय परिसरवाट वडाअध्यक्ष राजेन्द्र साँखीबाट अभियान शुरुवात गरिएको हो । कार्यक्रमलाई सरल नेपाल नामक संस्थाले सहजीकरण गरेको थियो । कार्यक्रममा वडाध्यक्ष साँखीले क्षारोपणको लाभ बताउँदै प्रत्येक परिवारका हरेक सदस्यको नाममा वृक्षारोपण गर्न आम जनसमूदायलाई आह्वान गर्नुभयो । यस्तै सरल नेपालका अध्यक्ष मनिस पौडेलले भगवती मानव कल्याण संगठनको वृहत अभियानलाई सार्थक तुल्याउन आफूले होष्टेमा हैसे गरेको भन्दै आगामी दिनमा जिल्लाभर कार्यक्रमलाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै संगठनका संगठन मन्त्री सुरज पौडेलले देश भर स्वयंसेवक कार्यकर्ता र आम जनसमूदायसँगको सहकार्यमा गाउँ गाउँमा पुगेर परिवारका प्रत्येक सदस्यको नाममा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिने कार्यमा स्वस्फूर्त सहयोग प्राप्त भइरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । यस्तै संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको पौडेलले जानकारी दिनुभयो ।