गौरीशंकर क्याम्पस, निजगढ बाराले वार्षिक रूपमा प्रकाशन गर्दै आएको जर्नल GS WOW: Wisdom of Worthy Research Journal को दोस्रो अङ्क प्रकाशन भएको छ । जर्नलमा सामाजिक विज्ञान, व्यवसाय, कला, भाषा, व्यवस्थापन र प्रविधिमा आधारित एघार ओटा शोध लेखहरू समेटिएको छ । जर्नलका प्रधान सम्पादक डा. अञ्जय कुमार मिश्रका अनुसार शोध लेखहरूमा अन्तराष्ट्रिय गुणस्तर कायम गर्दै स्तरीय शोध लेख प्रकाशन गर्ने उद्देश्यसहित विश्वका प्रतिष्ठित विश्वविद्यालयका प्राध्यापक र लामो समयदेखि अनुसन्धानमा केन्द्रित व्यक्तित्वहरूको संलग्नातमा लेखहरू प्रकाशन गरिएको बताए ।
जनर्ल अध्ययनका लागि यहाँ क्लिक गर्नुहोस् : https://journal.gsc.edu.np/
जर्नलको बिमोचन मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले गर्नु भएको थियो । उक्त कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगकी सदस्य डा. शीला मिश्रा, मधेश विश्वविद्यालयका उपकूलपति प्रा.डा. दीपक बहादुर शाक्य, जर्नलका प्रधान सम्पादक तथा काठमाडौं कलेज अफ म्यानेजमेन्टका प्रा. डा. अञ्जय कुमार मिश्रा, प्रदेश सांसद त्रिलोकी प्रसाद चौधरी, सांसद मिना लामा, निजगढ नगरपालिकका प्रमुख सुरथ पुरी, उप–प्रमुख सोेम माया थिङ, जिल्ला समन्वय समिति बाराका उप–प्रमुख चण्डिका उप्रेती, क्याम्पस प्रमुखहरू, समाजसेवी वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता व्यवस्थापन समितिका अध्यक्ष एक बहादुर श्रेष्ठले गरेका थिए ।
जर्नलको विमोचन गर्दै मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले गौरीशंकर क्याम्पसले अनुसन्धानमूलक जर्नल प्रकाशन गरेकोमा आगामी दिनहरूमा क्याम्पसलाई अनुसन्धान कार्यका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । साथै उक्त जर्नलमा अनवरत खेटर अनुसन्धान गर्ने प्राध्यापक र जर्नलका प्रधान सम्पादक प्रा.डा. अञ्जय कुमार मिश्रलाई धन्यवाद दिएका थिए ।
मधेश प्रदेश, नीति तथा योजना आयोगीक सदस्य डा. शीला मिश्रले शिक्षकहरू अनुसन्धनमा सक्रिय भएकोमा खुसी लागेको बताउँदै शिक्षा नै विकासको मेरुदण्ड भएको बताएकी छिन्। उनले शिक्षकहरू अनुसन्धानमा सक्रिय हुनु भएकोमा खुली लागेको कुरा व्यक्त गर्दै प्रत्येक संस्थाले अनुसन्धानमा आधारित स्मार्ट शिक्षणमा ध्यान केन्द्रित गर्नुपर्ने र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्याभूति र प्रमाणीकरण प्राप्त गर्नका लागि कलेजलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनु पर्नेमा जोड दिइन ।
त्यस्तै मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले गौरशंकर क्याम्पसलाई अभिनन्दन र उद्यमशीलता विकासका लागि अनुसन्धान मूलक लेख प्रकाशनमा केन्द्रित हुन निर्देशन दिएका थिए । शक्यका अनुसार जर्नल प्रकाशनले समग्र मधेर प्रदेशको विकास चुनौतीलाई सम्बोधन गर्ने र आर्थिक वृद्धिका लागि मूल्यावान मञ्च हुने बताए । ज्ञानको प्रचार र अनुसन्धानको प्रवद्र्धनमा प्रतिबद्ध रहँदै उच्च गुणस्तरका लेखहरू प्रस्तुत गर्नका लागि प्रयासरत हुनु पर्ने बताए ।
सहायक क्याम्पस प्रमुख शान्त बहादुर दाहालले सञ्चालन गरेको क्रार्यक्रममा क्याम्पस प्रमुख टिकाराम भट्टराईले स्वागत मन्तव्य दिएका थिए ।