काभ्रेपलान्चोक –  कल्याणकारी बहु-उद्धेश्यीय सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। चौंरीदेउराली गाउँपालिका-३ स्थित केदारेश्वर मन्दिर, ठुलोआहाल चौरमा संस्थाका अध्यक्ष लक्ष्मण गौतमको सभापतित्व र बागमती प्रदेश सभा सदस्य तथा पुर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारणसभामा गाउपालिका अध्यक्ष रेनुका चौलागाई, गाउपालिका प्रबक्ता धन लामा, वडा नं ३ का वडा अध्यक्ष तथा संस्थाका सल्लाहकार चित्र प्रसाद चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।

सहकारी क्षेत्रमा ब्यापक नकारात्मक समाचारहरु आइरहेको अवस्थामा यस संस्थाले सदस्य र समुदाय केन्द्रित कार्यक्रमहरु ल्याएर आर्थिक र सामाजिक अवस्थालाई झन् बलियो बनाउदै लागेको देखिन्छ ।

गत वर्ष भन्दा १८.८% को वृद्धिदर हासिल गरि करिब १९ करोडको वासलात, १०.९% वृद्धि गरि २५८३ जना शेयर सदस्य बनाइ १ करोड ९ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरेको यस संस्थाको जगेडा तथा अन्य कोषको रकम, शेयर पुँजी भन्दा बढी पुगेको छ ।

 

हरेक वर्ष शेयर लाभांश कोषबाट १५% लाभांश वितरण गर्नुको साथै गत वर्ष संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यलाई रु १० लाख वितरण गरेको यस संस्थाले यस साधारण सभामा १५% नगद लाभांश र संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यलाई रु १५ लाख वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।

 

संस्थाले तरलता ब्यबस्थापनमा विशेष ध्यान दिई शुक्ष्म विश्लेषण पश्चात मात्र लगानी गर्ने नीति लिएकोले खराब तथा संकास्पद ऋण न्युन हुदै गएकोले संस्थाको वासलात झन् बलियो हुदै गएको देखिन्छ । संस्थाले यसै वर्षबाट रेमिट्यान्स सेवा समेत सुचारु गरेको पाइएको छ । कृषकलाई रासायनिक मल, बिउ बिजनको कमि हुन नदीइ सहजै र सुलभ मुल्यमा उपलब्ध गराई हरेक सदस्यसँग जोडिदै आएको पाइन्छ ।

त्यति मात्र नभई स्थानीय स्तरमा हुने विकास निर्माणका काममा संस्थाले संस्था विकास शुल्क रकम छुट दिई विकास निर्माणमा समेत सहजीकरण गर्दै आएको समेत पाइयो ।

बिद्यालयमा फलफूलका बिरुवा वृक्षारोपण गर्ने, मठ मन्दिर तथा गुम्बालाई दिर्घकालिन हुने फलामका मेच/बेन्चहरु उपलब्ध गराउने, गरिब तथा जेहेन्दार बिद्यार्थीलाइ कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक बिद्यालय पोषाक, स्टेशनरी सामाग्रीहरु उपलब्ध गराउदै आउनुको साथै संस्थाका सदस्यहरुलाइ बिरामी, प्राकृतिक बिपत्ति, दुर्घटना जस्ता जोखिमको समयमा राहत उपलब्ध गराउदै आएकोले सँस्था स्थानीय स्तरमा र सदस्य बिच घनिष्ठ सम्बन्ध रहेको देखिन्छ ।

संस्थाका अध्यक्ष लक्ष्मण गौतमले आफ्नो मन्तब्य राख्दै यसै आर्थिक वर्षमा संस्थाको आफ्नै भवन निर्माण गरि कृषि संकलन केन्द्र, सुपथ मूल्य पसल सहितको ब्यबस्थित सहकारी कार्यालय भवन संचालन गर्ने बताउनु भयो ।

कार्यक्रममा बुद्ध हिमालय मा वि ले शैक्षिक सत्र २०८० मा सत्प्रतिशत विद्यार्थी उतीर्ण गराइ काभ्रे जिल्लाकै नमुना सामुदायिक विद्यालयमा पर्न सफल भएकोले बिद्यालयका प्रधानाध्यापक, बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष लगाएत शिक्षक वर्गलाई सम्मान गरेको थियो । उच्च अंक ल्याई एस इ इ उतिर्ण गर्ने बिद्यार्थी, असल बचत कर्ता, असल ऋणी, उत्कृष्ट संचालक सम्मान गर्नु साथै सोहि वडाका २ जना ८४ बर्ष पुरा भइ सकेका जेष्ठ नागरिकको सम्मान समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….