काभ्रेपलान्चोक – फाेकस नेपालले गीत संगीतमा सक्रिय वरिष्ठ लाेक तथा दाेहारी गायक बिनाेद ढकाल राष्ट्रिय प्रतिभा सम्मान – २०८१ द्वारा सम्मान गरेका छन् ।

फाेकस नेपालले राजधानीमा आयाेजना गरेकाे कार्यक्रममा ढकाललाई सम्मान गरिएको हाे । राष्ट्रिय सभाका उपाध्यक्षकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घिमिरे, विशेष अतिथि पुर्व मन्त्री शेरबहादुर कुवँर, संस्थाका अध्यक्ष रामचन्द्र पाख्रेलले ढकाललाई सम्मान पत्र सहित सम्मान गरेका थिए ।

वि. स. २०६३ सालदेखी अनबरत नेपाली गीत संगीतमा कर्म गर्दै आएका गायक तथा सर्जक ढकाललाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको संस्थाका अध्यक्ष ढकालले बताए ।

फोकस नेपालको बार्षिक उत्सबको अबसरमा देशका विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने नागरिकहरुलाई विशेष सम्मान गरिएको थियोे । कलाकारिता क्षेत्रबाट रेशम सापकोटा र विनोद ढकाललाई सम्मान गरिएको हो ।

ढकालले १०० भन्दा बढी गीत संगीत सिर्जना गरेका तथा एक दर्जन भन्दा बढी गीतमा आवाज भरेका छन् । गायक तथा सर्जक ढकाललाई यस बर्षको राष्ट्रिय प्रतिभा सम्मानद्वारा सम्मानित गरिएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….