काठमाडौं – एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे ।

सो अवसरमा चर्चित अभिनेता सबिन श्रेष्ठलाई सम्मान गरिएको छ।नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रमा विगत दुई दशकदेखि अभिनय कलाको माध्यमबाट स्वदेश तथा विदेशमा श्रेष्ठले पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

आफ्‌नो अभिनय कलाको माध्यमवाट नेपाली चलचित्र र पेशाकर्मीको उत्थान एवं सरक्षणमा श्रेष्ठले पुऱ्याउनु भएको व्यक्तिगत र संस्थागत योगदान आउने पिंढीका लागि पनि प्रेरणा र जागरणको उदाहरण हुने कुरा निर्विवाद नै रहेको छ । अभिनय कलाका अतिरिक्त नेपाली समाजलाई जागृत गर्नका लागि समय समयमा श्रेष्ठले गर्नु भएको चेतनामुलक कार्यक्रम र सहयोग प्रशंसनीय र उदाहरणीय बनेको छ।

माता लक्ष्मी श्रेष्ठ र पिता स्वर्गीय लक्ष्मण श्रेष्ठका सुपुत्रका रुपमा जन्मी अन्दाज, रावण, वांत, हमेशा, आधीबाटो, सपना तिम्रो मेरो, रामप्यारी, लुटेरा, भाग सानी भाग, बदला, कमला, ए सोल्टिनी, काउसो, हवल्दार सुन्तली, नमस्ते नेपाल, हिरो रिटर्न्स, फुलस्टप, संयोग, खुर्पा, लक्ष्य, दमदार, सूर्य किरण, बालापन लगायत दर्जनौं चलचित्रमा आफ्‌नो कलाको माध्यमबाट ख्याती कमाइ लोकप्रिय अभिनेताको रुपमा स्थापित हुनुहुन्छ।

श्रेष्ठ २०७९ चैत्र ४ गते सम्पन्न नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट महासचिव पदमा निर्वाचित भइ नेपाली चलचित्रको र पेशाकर्मी संरक्षण सम्वर्द्धनमा चर्चित अभिनेता सबिन श्रेष्ठ भुमिका अतुलनीय रहेकोे छ।

नेपाली कला संस्कृति, चलचित्र क्षेत्र एवं सामाज सेवाको क्षेत्रमा गर्नु भएको साधना र जागरुकताको उच्च सम्मान गर्दै एभर ग्रीन वर्ल्डवाइड इंन्टरटेन्मेन्ट १२ औं वर्ष प्रवेशको गौरवमय अवसरमा चलचित्र विकास बोर्ड चाबहिल काठमाडौँमा भएको राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सास्कृतिक कार्यक्रम २०८१ मा चर्चित अभिनेता सबिन श्रेष्ठलाई सम्मान गरिएको हो ।

चलचित्र विकास बोर्डको सभा हलमा अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथ्यतामा आयोजित समारोहमा कलाकार रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ठ अतिथिको रुपमा हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….