काभ्रेपलान्चोक – नोबेल बचत तथा ऋण सहकारी सस्था लि को १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार संस्थाको कार्यालयमा आज १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका सचिव एवं कार्यवाहक अध्यक्ष मोहन कुमार श्रेष्ठको सभापतित्वमा १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साकोसले १,२५० शेयर सदस्यबाट १ करोड ८८ लाख ५९ हजार ५०० शेयर पुजि संकलन गरेको छ। संस्थाले ऋण लगानीबाट १ करोड ६७ लाख ६६ हजार ६५५२ कुल खर्च १ करोड ६३ लाख ९ हजार ६६९, १ करोड १२ लख ३१ हजार ४५० जगेडा कोष रहेको छ।
संस्थाले एसईइमा उत्कृष्ट अंक ल्याउन सफल कल्याण श्रेष्ठ र शित्तल राज भण्डारीलाई नगदसहित सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको छ।
सभामा सस्थाको आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिबेदन कार्यवाहक अध्यक्ष तथा सचिब मोहन कुमार श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष भिम कृष्ण श्रेष्ठले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक नारायण कृष्ण बनेपाली श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
नोबेल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मोहन कुमार श्रेष्ठ निर्वाचित भएका छन । संस्थाको १२ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
त्यसैगरी उपाध्यक्षमा बिजेस कुमार पोटे, सचिबमा बलराम श्रेष्ठ, सह-सचिवमा प्रमिला चण्डी श्रेष्ठ, काेषाध्यक्षमा भिम कृष्ण श्रेष्ठ र सह-काेषाध्यक्षमा आशिष कोजु निर्वाचित भएका छन् । साधारण सभामा काभ्रे टाइम्सका रमेश न्यौपाने र चेस्टा साप्ताहिकको लक्ष्मण तिमल्सिना लाई कदर पत्र प्रदान गरिएको छ।
उक्त कार्यक्रमको अवसरमा सह-सचिव तथा समाजसेवी प्रमिला चण्डी श्रेष्ठले साधारणसभाको अवसरमा नमोबुद्द नगरपालिका वडा नं. ८ बस्ने राहुल श्रेष्ठलाई नर्सरी देखि कक्षा १० सम्म पढनको लागि छात्रवृत्ति प्रदान गर्दै आउनु भएको छ। साथै श्रेष्ठले राहुललाई कक्षा दश सम्म नै छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
अहिले रावल श्रेष्ठ सिद्दार्थ स्कुलको कक्षा ३ मा अध्यनरत छन् । कार्यक्रमको संचालन नवनिर्वाचित सह-सचिब प्रमिला चण्डी श्रेष्ठले गर्नु भएको थियो ।