राजन थापा / काठमाडौं
शंकरापुर नगरपालिका सलम्बुटार स्थित रहेको द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपालका बालबालिकालाई असोज १८ शुक्रबार साँझको भोजन गराउँदा गराउँदै भेटिएका छिन् । त्यहाँ पुग्दा अकस्मात उनलाई अपाङ्ग बालबालिकालाई भेटिएको हो । मिडिया तथा सामाजिक सञ्जालमा खासै रुचि नराख्ने नानु अहिले मिसेस नेपाल वल्र्ड २०२४ का प्रतिस्पर्धी हुन् । रविन इन्टरनेशनलले सञ्चालन गरेको मिसेस नेपाल वल्र्ड २०२४ को कन्टेस्टेन्ट नंं. १४ को रुपमा उनी प्रतिस्पर्धी छिन् । मिसेस नेपाल वल्र्ड विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिाता हो । सुदुरपश्चिमको विकट ठाउँ अछाप साँफेबगरमा जन्मिएर हुर्केकी नानु आफ्नो ठाउँसँग गर्ब गर्छिन् ।
द्वन्द्व पिडित तथा अपाङ्ग समाज नेपाल देशको प्रमुख प्रशासकिय भवन ‘सिंहदरवार’ करिब १६ कि.मि. उत्तरमा रहेको छ । समाजका अध्यक्ष युवराज थापा ‘बैरागी’ आफूपनि पूणर् अपाङ छन् । उनको कम्मर चल्दै चल्दैन । तर उनले विगत दुई दशकदेखि विभिन्न अपाङ्ग तथा द्वन्द्व पिडित बालबालिकाहरुको लालनपालन, औषधि उपचार तथा शिक्षा दिक्षा गराईरहेका छन् । यो समाजमा अहिले ५३ जना बालबच्चा, आफू र बालबच्चा रेखदेख गर्ने आमाहरु र कर्मचारी सहित ६३ जना रहेका छन् । विभिन्न सहयोगी मन भएका व्यक्तिहरु तथा दाताहरुबाट बालबालिकाको खर्च जुटाईरहेका छन् । उनी भन्छन्, ‘राज्यले वार्षिक रुपमा ०७३ सालबाट ५ लाख दिइराखेको छ तर त्यसले एक छेउ पनि पुग्दैन । स्थानीय निकायको हामीलाई कुनै सहयोग गरेको छैन । बरिस्ठ समाजसेवी तथा पत्रकार राजन थापाले हामीलाई सहयोगको वातावरण जुटाइरहनु भएको छ । आफूबसेको यो ठाउँ अब ०८२ जेठ देखि छोड्नु पर्ने अवस्था छ । यी द्वन्द्व पिडित बालबच्चहरु अब कहाँ लगेर कसरी व्यवस्थापन गरौं भन्ने चिन्ताले पिरोलेको छ । उनी मिडियकर्मीलाई दुखेसो व्यक्त गर्छन् । उनी भन्छन् कुनै राम्रो ठाउँ कुनै निकायले हामीलाई दिलाउने हो भने त्यहाँ हामी बिल्ल्डिङ् बनाउने हिम्मत गर्छौं ।
नानु सिंह त्याँ पुग्दा बालबच्चाको अवस्था देखेर भावुक बनेकि थिइन । उनी ३/४ वर्षदेखि सुसुतप्त ढंगले सामाजिक कार्यहरु गरिरहेकि छिन् । उनको कार्यलाई रोशनी शर्माज्यूले विभिन्न तरीकाबाट सहयोग गरिरहेकी छिन् ।
नानु सिंह एकदमै सरल महिला हुन् । उनी ३/४ वर्ष देखि रिवन इन्टरनेशनलको ब्यानरमा द्वन्द्व पिडित महिला बालबालिकाहरुको आवाज उठाइरहेकी छिन् । विशेष गरेर सुदुरपश्चिमका ९ वटा जिल्लाहरुमा पर्यटकीय तथा धार्मिक ठाउँहरुको संरषण, सम्बद्र्धन तथ ाप्रचार प्रसारमा लागेको बुझिएको छ । उनी एकल महिला हुन् । उनको श्रीमान् शसस्त्र द्वन्द्वको समयमा भालुवाङको घटनामा मृत्यु भएको थियो । उनी शसस्त्र प्हरीका जवान थिए । त्यसबेला नानु सिंह १६ वर्षकी थिइन । कलिलो उमेरमै उनको विवाह भएको थियो । उनी त्यसपछ नेपाल प्रहरीको जागिर खाइन । ११ वर्षको जागिर पश्चात् आफ्नो आर्थिक अवस्था कमजोर भएको र सो जागिरले पर्याप्त नभएकोले वैदेशिक रोजगारीको शिलशिलामा दुवई गइन् । त्यहाँ पनि उनले लामो समय दुवई प्रहरीमा जागिर गरेको बुझिएको छ । हाल उनी आफ्नै स्वदेशमै रही सामाजिक काममा अघि बदिरहेकि छिन् । उनको सानै देखि सामाजिक काममा रुची रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….