भक्तपुर, वि क्यान एजुकेशनल नेपाल विद्यालय संयुक्त संस्था भक्तपुरले विश्व शिक्षक दिवसमा नाै जना शिक्षकलाई सम्मान गरेको छ ।
वि क्यान एजुकेशनल भक्तपुरले विश्व शिक्षक दिवसमा (अक्टोबर-5) को अवसरमा शिक्षण पेशामा संलग्न नाै जना शिक्षकहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको हाे ।
कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य तथा पोषणविद् डा. दयालक्ष्मी जोशीले आफ्नो ४८ वर्षको शिक्षण अनुभव साझा गर्दै शिक्षा सफल हुनका लागि स्वास्थ्यको महत्त्वपूर्ण भूमिका रहने कुरामा जाेड दिए । जाेशीले शिक्षक र विद्यार्थीको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने, साथै खानपान र पौष्टिक आहारको महत्त्व पनि औंल्याउँदै उपस्थित सबैलाई उत्प्रेरित गरेका थिए ।
पाथीभरा एकेडमी विद्यालयका प्रध्यानाध्यापक तथा वि क्यान एडुकेसन नेपालका सचिव रमेश प्रसाद सिटौलाले संचालन गरेको कार्यक्रममा वी क्यानका उपाध्यक्ष तथा क्रियटिभ विद्यालयका प्रधानाध्यापक बिश्वराम दुवालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शैक्षिक रोशन पदकबाट सम्मानित हुने विद्यालयका शिक्षक-शिक्षिकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कोषाध्यक्ष तथा सिरिनकेन विद्यालयका निर्देशक कमल बहादुर सुवाल र सह-कोषाध्यक्ष आरक्षण विद्यालयका संस्थापक सरोज केसीले पनि मन्तव्य राखेका थिए ।
यस वर्षको शैक्षिक रोशनी पदक र सम्मानपत्र शर्मिला प्रधानाङ – पाथीभरा एकेडेमी (सृजनानगर), सुनमाला योन्जन – रुबी भ्याली विद्यालय (सूर्यविनायक), श्याममदेवी नकर्मी – क्रियटिभ इ. से. स्कुल (नागपोखरी), शुशिला पोख्रेल – सिरिनकेन इ. स्कुल (झौखेल) लाई सम्मान गरिएको थियोे ।
यसैगरी रिता श्रेष्ठ – जागृति शिक्षा सदन (मूलपानी), अर्चना दाहाल – आरक्षण नेशनल एकेडेमी (सुडाल), आकृती खड्का – माम्ती नेशनल एकेडेमी (पान्डुबजार), शर्मिला सितिखु – सरस पाठशाला (जगाते), जमुना सिल्पकार – रितम्भरा पाठशालालाई पुरस्कार सहित सम्मान गरिएको थियोे ।
कार्यक्रमको अन्त्यमा विविध सांस्कृतिक प्रस्तुति र विजयादशमीको शुभकामना आदान-प्रदान गरिएको थियो। वि क्यान एजुकेशनल नेपालका अध्यक्ष रत्न बहादुर राईले शिक्षक सम्मान कार्यक्रममा शिक्षकहरूको मनोबल वृद्धि भएको र यसले उनीहरूलाई आफ्नो जिम्मेवारीप्रति थप प्रेरित बनाएको बताए ।
शिक्षक सम्मान कार्यक्रम २०८१, सम्पूर्ण उपस्थितिको गरिमामय सहभागितामा सफलतापूर्वक सम्पन्न भएको कार्यक्रम सन्चालक सिटौलाले जानकारी दिए ।