‘सेवा नै धर्म हो’ भन्ने मान्यता बोकेकी रोल्पाली चेली फाउण्डेशन कि अध्यक्ष यमकला के.सी. दशैंको कोजाग्रत पूर्णीमा कार्तिक १ गतेको दिन शंंकरापुर नगरपालिका बडा नं. ६ स्थित सलम्बुटारमा रहेको द्धन्द पिडित तथा अपांग समाज नेपालका बालबालिकालाई टिका लगाई दक्षिण दिई फलफूल खुवाएकी छिन् । उनीसँग समाजसेवी तथा बरिष्ठ पत्रकार राजन थापा समेत सहभागी भएका थिए । थापाले विभिन्न सहयोगी मन भएका दाता तथा समाजसेवीहरुलाई यो अपाङ्ग समाजमा विगत लामो समय देखि पुर्याउने गरेका छन् । द्धन्द पिडित तथा अपाङ्ग समाज नेपालका अध्यक्ष युवराज थापा वैरागीलाई फेरी आपूmले बालबालिकाहरुलाई भविष्यमा पनि थुप्रै सहयोग गर्ने कुरा बताइन् । द्धन्द पिडित तथा अपाङ्ग बालबालिकाहरुलाई सहयोग गर्ने उनमा विशेष रुचि छ । यमकला त्यहाँ पुग्दा बालबच्चाको अवस्था देखेर भावुक बनेकी थिइन् । उनी अपाङ्ग बालबालिकासँग नाचगान गरेर समेत रमाएकी थिइन ।
द्वन्द्व पडिति तथा अपाङ्ग समाज नेपाल देशको प्रमुख प्रशासकयि भवन ॅसंिहदरवार’ करबि १६ क।िम।ि उत्तरमा रहेको छ । समाजका अध्यक्ष युवराज थापा ॅबैरागी’ आफूपन िपूर्ण अपाङ्ग छन् । उनको कम्मर चल्दै चल्दैन । तर उनले वगित दुई दशकदेख िवभिन्नि अपाङ्ग तथा द्वन्द्व पडिति बालबालकिाहरुको लालनपालन, औषध िउपचार तथा शक्षिा दक्षिा गराईरहेका छन् । यो समाजमा अहलिे ५३ जना बालबच्चा, आफू र बालबच्चा रेखदेख गर्ने आमाहरु र कर्मचारी सहति ६३ जना रहेका छन् । वभिन्नि सहयोगी मन भएका व्यक्तहिरु तथा दाताहरुबाट बालबालकिाको खर्च जुटाईरहेका छन् । उनी भन्छन्, ॅराज्यले वार्षकि रुपमा ०७३ सालबाट ५ लाख दइिराखेको छ तर त्यसले एक छेउ पन िपुग्दैन । स्थानीय नकिायको हामीलाई कुनै सहयोग गरेको छैन । समाजसेवी तथा पत्रकार राजन थापाले हामीलाई सहयोगको वातावरण जुटाइरहनु भएको छ । आफूबसेको यो ठाउँ अब ०८२ जेठ देख िछोड्नु पर्ने अवस्था छ । यी द्वन्द्व पडिति बालबच्चहरु अब कहाँ लगेर कसरी व्यवस्थापन गरौं भन्ने चन्तिाले परिोलेको छ । ॅउनी मडियिकर्मीलाई दुखेसो व्यक्त गर्छन् । उनी भन्छन् कुनै राम्रो ठाउँ कुनै नकिायले हामीलाई दलिाउने हो भने त्यहाँ हामी भबन बनाउन हम्मित गर्छौं ।
यमकला एकदमै सरल महिला हुन् । उनमा कत्तिपनि बडब्पन छैन् । उनको सानै देखि समाज सेवामा रुचि थियो । विगत दुई दशक देखि विभिन्न समाज सेवामा उनि सक्रिय छिन् । भूकम्प, कोरोनामा उनले थुप्रै पिडित परिवार, असाहाय, गरिब , अपाङ्गहरुलाई सहयोग गरेकी थिइन् । यद्यपि उनी आफुले गरेको सहयोग लुकाउन खोज्छिन् । यमकलाले बि.सं २०८० सालमा ‘रोल्पाली चेली फाउण्डेशन’ खोली विभिन्न सामाजिकार्यहरुमा सक्रिय छिन् । यो फाउण्डेशन मार्पmत उनले अनाथ बालबालिका ,बृद्धा आश्रमका बुढाबुढीहरुलाइ सहयोग पुर्याउदै आएकी छिन् । त्यति मात्र होइन विभिन्न महिलाहरुलाइ सीपमूलक तालिम दिई आत्मनिर्भर बनाउदै आएकी छिन् । उनले फाउण्डेशन मार्फत नेपाल सरकार, विभिन्न बाह्य निकाय बाट पनि सहयोग जुटाई समन्वय गरि उदाहरणीय काम गरेकी छिन् ।उनले आप्mनो गृह जिल्लामा खुङ्री गाउँपालिका अन्र्तगत भव्य बृद्धा आश्रम बनाउदै छिन् । पर्यटकिय हिसाबले पनि त्यो निर्माणस्थल भविष्यमा निकै महत्वपूर्ण हुने ठानिएको छ ।
उनी समाज सेवामा जति अब्बल छिन् । त्यति नै गायनमा बेजोड छिन् । हालै तिजको नजिक गायिएको गीत ‘ शिवजीको नाम’ अहिले निकै चर्चामा छ । यो गीतमा गायन ,नृत्य र शब्द सबै उनको रहेको छ । समाजसेवा र गायनमा मात्र होइन खेलप्रति पनि उनको त्यतिकै रुचि छ । उनी ताइक्वान्दो खेलाडी हुन् । खेलले मानिसलाई अनुशासित बनाउने उनको धारणा छ । खेलको माध्यमले देशलाई विश्वमा चिनाउने काम गर्दछ उनी भन्छिन् । उनी कुनैपनि राजनितिक दलमा आबद्ध छैन । यद्यपि सबै राजनीतिक दलका नेताहरु संग उनको सहकार्य छ । भविष्यमा उनी राजनीतिक माध्यमबाट समेत समाज/देशको सेवा गर्ने इच्छा जाहेर गर्छिन् । राजनीति भनेको सेवा र त्याग हो । तर यहाँ राजनीतिलाई फोहोरी बनाइयो उनी भन्छिन् ।