काभ्रे, नेपाल – क्यान महासंघ काभ्रेपलाञ्चोकले २०औं वार्षिक साधारण सभा र ११औं अधिवेशन मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबाको प्रमुख आतिथ्यतामा मङ्सिर ७ गते नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, बनेपा-५ मा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामचन्द्र न्यौपानेले गर्नु भएको थियो।
कार्यक्रममा क्यान महासंघ केन्द्रीय सचिव शेखरनाथ दुलाल, क्यान महासंघ बागमती प्रदेशका उपाध्यक्ष सन्तोष जनक भुषाल, कोषाध्यक्ष विकास पन्त, नेपाल बनेपा बहुप्राविधिक शिक्षालयका सूचना प्रविधि शाखा प्रमुख सरोज बानियाँ, निर्वाचन समिति संयोजक श्यामकृष्ण त्रिपाठी, र सहसंयोजक गायत्री रमण घिमिरेले क्यान काभ्रेले जिल्लामा सूचना प्रविधिको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा बदलिको विश्वमा भएको द्रुतगतिको प्रविधि एआई, शिक्षामा आईओटी, कृषि, व्यवसायमा सूचनाप्रविधिको विकास र साक्षरता क्यान महासंघ काभ्रेले गर्नु पर्ने कदमको विषयमा सुझावहरु व्यक्त गर्दै नव निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
क्यान महासंघ काभ्रेको ११ औं अधिवेशनले सर्वसम्वत
अध्यक्ष देवकी आचार्य दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिमा उपाध्यक्षहरू: रिता श्रेष्ठ, रुकेश राजभण्डारी, सचिव: केबल प्रसाद तिमल्सिना (राजकुमार तिमल्सिना), कोषाध्यक्ष: श्याम गोपाल श्रेष्ठ (अग्नि श्रेष्ठ, सह-सचिव: राजेश के.सी, सदस्यहरूमा श्रवण कुमार आचार्य, विवेक तिमल्सिना, मिलन सापकोटा, बुद्धलक्ष्मी मानन्धर, दिपेश तिमल्सिना, अबोध भूषण खोंजु श्रेष्ठ, रविन मानन्धर, बिनिता गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।