सन्तोष बजगाई
बर्दिया/ पश्चिम नेपालको बर्दिया जिल्ला अन्तर्गत रहेको बारबर्दिया नगरपालिका वडा नम्बर ६ जयनगर कोठारपुरमा आगमी मिति २०८१ साल मंसिर २४ गतेदेखी ३० गतेसम्म श्रीकृष्ण प्रणामी धर्मजागनी शताब्दी एबम रजत जयन्ती महोत्सव
श्रीमत्तारतम सागर ब्रह्मवाणी १२५ पाठ पारायण तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ २०८१ राष्ट्रिय स्तरमा आयोजना हुने भएको छ।
बर्दिया जिल्लामा हिन्दु सनातन श्रीकृष्ण प्रणामी धर्मको उदय भएको एक शताब्दी र कोठारपुर मन्दिरको स्थापना भएको २५ औं वर्ष पूरा भएको उपलक्ष्यमा सद्धमंप्रेमी सम्पूर्ण वर्दिया बासीहरुको ऐतिहासिक एवं सुन्दर कार्यक्रम को आयोजना हुने भएको हो।
लुम्बिनी प्रदेश अन्तर्गत पश्चिम तराई क्षेत्रको बर्दिया जिल्ला अन्तर्गतका ६ ओटा न.पा. र २ ओटा गा.पा. समेत ८ ओटा पालिकाहरु मध्यकै केन्द्रबिन्दु (मध्य भाग) मा अवस्थित बारबर्दिया नगरपालिका वडा नं. ६ को जयनगर बजारमा निर्मित नगरपालिका कार्यालय भवनको करिब १०० मि. निकटमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर कोठारपुर मन्दिर रहेको छ ।
समय चक्रको आरोह अवरोह संगसगै बर्दिया जिल्लाको आदिवासी जनजाती (स्थानीय थारु जाती) जन समुदायका तमाम सुन्दरसाथ मध्य प्रथम जागनि अभियन्ता बुद्धिदास थारुका शिष्य धर्मदासद्धारा स्वहस्त लिखित (वि.स. १९५८) को पाण्डुलिपि (दस्तावेज) सुरक्षित भेटिएको समयलाई गणना मर्दा १२३ वर्ष पुरा गरेको र श्रीकृष्ण प्रणामी मन्दिर कोठारपुरको ऐतिहासिक पृष्ठभूमिलाई नियाल्दा २५ वर्षमा प्रवेश गरेको आधारलाई मध्यनजर राखी सोको उपलक्ष्यमा बर्दिया जिल्ला बासिकै संयुक्त तत्वावधानमा श्रीमत्तारतम सागर ब्रह्मवाणी १२५ पाठ पारायण तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ २०८१ राष्ट्रिय स्तरमा आयोजना गर्ने गराउनका लागि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालद्वारा स्वीकृती (अनुमति) प्राप्त भएको हो ।
यस महायज्ञमा श्री ५ नवतनपुरीधाम, श्री ५ महामंगलपुरी धाम, श्री ५ पदमावतीपुरी धामका श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त श्री विभूषित जगदगुरु महाराजज्यूहरुको शुभ आशीर्वचन तथा विभिन्न धर्मपीठबाट आमन्त्रित श्री १०८ महाराजजी एवम् गादीपतिज्यूहरुद्वारा धार्मिक प्रवचन हुने र यस अनुष्ठानमा साप्ताहिक रुपमा आध्यात्मिक केन्द्रीय प्रवक्ता पं. श्री कृष्णप्रसाद सापकोटाजीद्वारा श्रीमत्तारतम सागर ब्रह्मवाणी ज्ञान चर्चा एवम् भारत विन्द्रावनबाट पाल्नुहुने स्वामी श्री मदनमोहन अलङ्कारजीका मुखारविन्दबाट सङ्गीतमय श्रीमद्भागवत (श्रीकृष्ण कथा) चचर्चा प्रस्तुत रहने यस सप्ताह व्यापी ज्ञान महायज्ञको भव्य र सभ्य तरिकाले सम्पादन हुने अपेक्षा राखेका छ।
हामी धर्म भन्छाै, कर्म भन्छाै, अधर्म त्याग्छाै भन्छाै, मनाेमानी गर्न छाड्दैनाै, हतारमा दुईहात जाेड्छाै श्रद्वा छैन, भाव छैन, भक्ति छैन, त्याग छैन अनि कसरी मिल्छ भगवान? घुर्कीले भगवान पाईन्छ र ! पुर्णब्रम्ह परमात्मा साक्षात राज श्यामाजीसँग साक्षात्कार गर्न त प्रेम चाहिन्छ, त्याग चाहिन्छ समर्पण चाहिन्छ अनि चाहिन्छ त्याे धामकाे ट्याग लागेकाे ब्रम्हवासनाकाे भक्ति प्रेम । यहि उच्च आचरण समर्पण र प्रेमका खानी पश्चिम नेपालको बर्दिया जिल्ला अन्तर्गत रहेको बारबर्दिया नगरपालिका वडा नम्बर ६ जयनगर कोठारपुरका अग्रज सुन्दरसाथकै कारण याे भूमि आज धन्य भएकाे छ । सबैले सभ्य भब्य र उत्कृष्ट यस कार्यक्रमकाे अवलाेकन र दिब्य ज्ञान रसपानकाे अवसर नगुमाउ सहभागी हौं ।