कौशलराज खड्का / पनौती
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौती ४, टौखालको ३० औं वार्षिक साधारण सभाको एकाई बैठक पनौती एकाईको मुख्य कार्यालय प्रा·ण पनौती ४, कुशादेवी एकाईको, कुशादेवी पार्टी प्यालेस पनौती ३ कुशादेवी, बनेपा एकाईको बनेपा पार्टी भेन्यू, बनेपा ८, पाँचखाल एकाईको श्रीकृष्ण पार्टी प्यालेस, पाँचखाल४, नमोबुद्ध एकाईको कुटुम्ब रिसोट, नमोबुद्ध२ मा, ढुंखर्क एकाईको पार्वती मा.वि., बेथानचोक२ मा र काठमाण्डौ एकाईको, युनिभर्सल क्याफे, सुकेधारामा गरी ७ एकाईहरुमा सम्पन्न भएको छ।

सातै एकाईमा औपचारिक कार्यक्रम सहित सञ्चालन भएको साधारण सभा, आआफ्नो एकाई अन्तर्गतका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको छ । एकाई बैठकमा पनौती एकाईको बैठकको सभाध्यक्षता अध्यक्ष प्रकाश बन्जारा, नमोबुद्ध एकाईको सभाध्यक्षता वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धर, बनेपा एकाईको सभाध्यक्षता सचिव मुकुन्द शर्मा, पाँचखाल एकाईको सभाध्यक्षता कोषाध्यक्ष सरोज कुमार तिमल्सेना, कुशादेवी एकाई बैठकको सभाध्यक्षता सञ्चालक सदस्य कौशल राज खड्का, बेथानचोक एकाईको बैठकको सभाध्यक्षता सञ्चालक सदस्य सुकुमान तामाङ र काठमाण्डौ एकाईको सभाध्यक्षता सञ्चालक सदस्य रामेश्वर शर्मा वाग्लेले गरेका थिए ।

केन्द्रिय कार्यालयमा भएको सभामा पनौती नगरपालिकाकी नगर उपप्रमुख गीता बन्जाराको प्रमुख आतिथ्यता एवं पनौती न.पा वडा नंं४ का वडा अध्यक्ष दीपक प्रसाद दाहाल, वडा नं.८ का अध्यक्ष वेद प्रसाद बन्जारा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पुर्व अध्यक्ष मोतिराम तिमल्सिना, सामुदायिक वोर्डिङ स्कुलका प्रिन्सिपल पुर्ण कुमार श्रेष्ठ, नेपाल बचत तथा ऋण सहकारी संघका निमित्त कार्यकारी प्रमुख गणेश प्रसाद तिमल्सिना, संस्थाका सल्लाहकारहरु लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सात वटै एकाईहरुबाट जम्मा ३३ हजार ३१ जना सदस्यको उपस्थितिमा आयोजित सभाले प्रस्तावित विषयहरुमा सर्वसम्मत रुपमा निर्णय समेत सम्पन्न गरेको छ ।
संस्थाको ३० औं वार्षिक साधारण सभाले आगामी ४ वर्षका लागि मुकुन्द शर्माको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति र राजन श्रेष्ठको संयोजकत्वमा २ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्विरोध निर्वाचित गरेको छ । लेखा सुपरिवेक्षण समिति सदस्यको एक पद रिक्त रहेकोमा संस्थाले आगामी साधारण सभामा उपनिर्वाचन गरी पदपूर्ति गर्नेछ । निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारी देहाए बमोजिम रहेका छन् ।

सञ्चालक समिति
अध्यक्ष मुकुन्द शर्मा
वरिष्ठ उपाध्यक्ष सुर्य मानन्धर
महिला उपाध्यक्ष भवानी थापा
सचिव सरोज तिमल्सेना
कोषाध्यक्ष कृष्ण थापा
सदस्य (निर्वतमान अध्यक्ष रहने व्यवस्था) प्रकाश बन्जारा
सदस्य कौशल राज खड्का
सदस्य विकास पन्त
सदस्य भैरव प्रसाद सेंढाई
सदस्य मदन खकुरेल
सदस्य राम कृष्ण घिमिरे
सदस्य राम प्रसाद तिमल्सिना
सदस्य रामेश्वर शर्मा वाग्ले
सदस्य श्याम सापकोटा
सदस्य अनिता कार्की
सदस्य देवकी आचार्य
सदस्य बबिता बोहरा
सदस्य संगिता खड्का
सदस्य सुस्मिता नेपाली
लेखा सुपरिवेक्षण समिति
संयोजक राजन श्रेष्ठ
सदस्य भिम प्रसाद बन्जारा

बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये सदस्य संख्या, वासलात र अन्य सेवा सुविधालाई हेर्दा देशकै छैटौं स्थानमा र बागमती प्रदेशको पहिलो स्थान पर्ने यस संस्थाले प्रजातान्त्रिक पद्धति अपनाउँदै सहकारीका सदस्यलाई खण्डित नबनाई एकजुट बनाउन सफल भएको छ । सम्पूर्ण पदमा निर्विरोध निर्वाचित गराएर सामुदायिक साकोसले मतदान प्रकृयामा हुने लाखौं रकम जोगाएको छ भने सदस्यको बचतलाई सुरक्षित गर्ने ग्यारेण्टि समेत गरेको उदाहरण देश भरिका सहकारीलाई प्रदान गरेको छ ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….