काभ्रेपलान्चोक – काभ्रेको बनेपामा रहेको नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाले अब स्वादिष्ट थकाली खाना खुवाउने भएको छ ।

बनेपाको बुडोल हाइटमा रहेको पुरानो मान्द्रो होटल अहिले नयाँ व्यवस्थापन सहित नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छा भएर नयाँ व्यवस्थापन सहित संचालनमा आएको छ ।

फरक स्वाद दिने उद्धेश्यसहित सादा, चिकेन, मटन, माछा, बदेलका परिकार सहितको खाना सेट पाइने नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छाका सञ्चालक सुरज कुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छामा आइसकेपछि फरक स्वादमा खाना पाइने बताए ।

‘बनेपामा थकाली किचनहरू थुप्रै छन्‚ त्यसमध्येमा पनि नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छामा चाहिँ फरक स्वादका खानाहरू खान पाइन्छ’‚ उनले भने‚ ‘हाम्रोमा मूल्य पनि महँङ्गो छैन‚ थकाली खानाको मौलिकता स्वाद पाउन सकिन्छ ।’

ढिडोसहित खाना खसीको सुकुटी, ह्याकुला, लोकल कुखुरा, माछा, पनि पाइने सञ्चालक यादव प्रसाद फैजुले जानकारी दिए ।नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छामा पारिवारिक वातावरणमा स्वस्थकर खाना पाइने व्यवस्था मिलाएको जनाएको छ । बीस तीस जना बसेर सानो प्रोग्राम गर्न मिल्ने ठाउँ समेत रहेको छ । साना साना पार्टीका लागि पनि नमस्ते रेष्ट्रो एण्ड थकाली भान्छालाई सम्झन सक्नु हुने छ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….