काभ्रेपलान्चोक – जिल्ला सहकारी संघ लि. काभ्रेको संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमिति सदस्यहरुका लागी आयोजना गरिएको संस्थागत विकास तालिम कार्यक्रम संघको आफ्नै सभा हलमा संघको अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्व सम्पन्न भएको छ ।
हिजो शुक्रबारको दिन गोदामचोकमा रहेको संघको आफ्नै भवनमा सहकारी विज्ञ कुवेर निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रम संचालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो। कार्यक्रममा तालिम सहजकर्ताका रुपमा रहनु भएको कुवेर निरौलाले तीन बटा सेसन मार्फत सहकारीको मर्म अनुरुप सहकारी संचालन प्रक्रिया, संस्था विकासका आधार के के हुन सक्छ र संघले गर्नुपर्ने कार्य के हुन देखि जिम्मेवारी बहनका विषयमा प्रशिक्षित गराउनुभएको थियो ।
तालिमबाट संघले तय गर्न लागेको ब्यवसायिक रणनैतिक योजना निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल गर्ने संघको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले जानकारी दिनु भयो ।