काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ गैरीगाउँ घिसिङ टोलकी ५२ की तिनमाया तामाङको हत्या उनकै ज्वाइँले गरेको खुलेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या ज्वाइँ सुकवहादुर तामाङले गरेको खुलेको हो । सुकवहादुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घर भित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानको क्रममा मृतक तिनमायाको आफ्नै ज्वाई वर्ष २८ को सुकबहादुर तामाङले उनको हत्या गरेको पाइएपछि उनलाई पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सासु आमा तिन माया तामाङले काम नगर्ने भनि सधै गाली मात्र गरी रहने र सो दिन पनि गाली गरेकोले हत्या गरेको सुकवहादुरल स्वीकार गरेका छन् । उनलले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काई हत्या गरेका थिए ।
सुकवहादुरलाई जिल्ला अदालतमा पेश गरी ५ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।