राजन थापा / काठमाडौं
“सक्षम महिला समृद्ध समाज” को महान उद्देश्य बोकेर समाज रुपान्तरणको पक्षमा अग्रसर नयाँ पाइला समाज नेपाल को दोस्रो साधारण सभा कागेश्वरी मनोहरा डाँछीमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नयाँ पाइला समाज नेपाल की अध्यक्ष मृदुला शर्माले गरेकी थिइन । प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सविना श्रेष्ठ रहेकी थिइन । कार्यक्रममा विशिष्ट अतिथि पब्लिक स्पिकर, मोटिभेटर (उत्प्रेरक) कुशल कुशुम, अतिथिहरु सामाजिक अभियान्ता तथा मोटिभेटर लोकेन्द्र पोखरेल, क्लास नेपालकी कोषाध्यक्ष अधिवक्ता, गोमा पाण्डे, समाजसेवी तथा वरिष्ठ पत्रकार राजन थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि सविना श्रेष्ठले शुभकामना मन्तव्य दिँदै भनिन, ‘महिला शसक्तिकरण हुन आर्थिक शसक्तिकरण जरुरी छ । समाज बदल्न पहिला आपूm बदलिनु पर्छ । आपूm नबदलिकन समाज बदल्न सकिदैन । यहाँहरुले राम्रो काम थाल्नु भएको छ । नगरपालिका सदैव यहाँहरुको साथमा छ । विशिष्ट अतिथि कुशल कुशुमले पनि शुभकामना मन्तव्य दिएका थिए । उनले भने, ‘संस्था उद्देश्यमुखी बनाउनु पर्छ । सकारात्मक सोचले नै हरेकलाई सक्षम बनाउन मद्दत गर्दछ । सोच, कर्म र चरित्र नै कुनै पनि संस्थाको अनिवार्य सर्त हो । हरेकले आफ्नो गल्ती कमजोरीलाई स्वीकार्नु पर्छ । ५० प्रतिशत आपूmबाट गल्ती हुन्छ भने बाँकी ५० प्रतिशत अरु बाट गल्ती हुन्छ, यो कुरालाई स्वीकार्न सक्नु पर्छ ।
कार्यक्रममा अतिथि लोकेन्द्र पोखरेलले पनि शुभकामना मन्तव्य दिएका थिए । उनले भने, ‘विश्वमै युद्ध बढेको छ । सामाजिक विकृति, विसङ्गती तथा विचलनको व्यारोमिटर उत्कर्षमा छ । पितृसतात्मक शासन व्यवस्थाले समाजलाई झन भङ्खालोमा पारेको छ । समाजमा शान्ति, भातृत्व, अमनचयन कायम गर्न मातृसतात्मक शासन व्यवस्था चाहिन्छ ।’ कार्यक्रममा क्लास नेपालकी कोषाध्यक्ष गोमा पाण्डेले समेत शुभकामना मन्तव्य दिएकी थिइन ।
नयाँ पाइला समाज नेपालको दोस्रो साधारण सभामा सह–कोषाध्यक्ष कविता कार्कीले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेकी थिइन । कार्यक्रममा विनिता तामाङ्गले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन । आर्थिक प्रतिवेदन कोषाध्यक्ष सविता कटुवालले पेश गरेकी थिइन । कार्यक्रम सञ्चालन भने प्रतिमा पोखरेलले गरेकी थिइन । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अन्य अतिथिहरुलाई मायाको चिनो समेत दिइएको थियो । कार्यक्रममा संस्थाका सदस्यहरुले उत्पादन गरेको वस्तुहरु समेत प्रदर्शनमा राखिएको थियो ।