नेपाल कम्युनिस्ट पार्टी(एमाले) का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले एमालेले विकासको नेतृत्व गरेको उल्लेख गर्नुभएको छ । काभ्रेमा भएको विकासको नेतृत्व एमालेले गरेको स्मरण गराउँदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनमा कुन तहको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय पार्टीले गर्ने बताउनुभएको छ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्षले मेयर र उपमेयरको उम्मेदवार पक्का हुने भनेर हल्ला भएको सुनेको भन्दै एमालेभित्र सांसदको टिकट केन्द्रीय पदाधिकारीले पनि नपाएको ईतिहास भएको उल्लेख गर्नुभयो । उहाँले कुनै व्यक्तीलाई नभएर संगठनले संगठनलाई टिकट दिने बताउनुभएको छ । त्यसका लागि संगठनमा लागेका मान्छेहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ । संगठनका नेता कार्यकर्ता अरु सामाजिक रुपमा पनि ईमानदार बन्न अनुरोध गर्नुभयो ।
निर्वाचनको समयमा उम्मेदबार बन्न अघि सर्ने तर पार्टीको कामको समयमा काम नगर्ने प्रबृत्ति बढ्न दिन नहुनेमा उहाँले जोड दिनुभयो । गृह नगर एमाले मण्डनदेउपुर नगर कमिटीको दोश्रो अधिवेशन उद्घाटन गर्नुहुँदै एमाले आफू बलियो बनेपछि मात्रै लक्ष्य प्राप्तीमा पुग्न सक्ने उल्लेख गर्नुभयो । मण्डनदेउपुर पार्टी प्यालेसमा भएको कार्यक्रममा बोल्दै उहाँले एमालेको नेतृत्वले मात्रै विकास निर्माणको अगुवाई गर्न सक्ने बताउनुभयो ।
नगर कमिटीको अध्यक्ष भएपछि मेयरको उम्मेदवार पक्का भनेर हल्ला सुनेको बताउँदै टिकट एउटा निश्चित प्रकृया पुरा भएपछि मात्रै आउने बताउनुभयो । मेयरको उम्मेदवारको टिकट केन्द्रीय कमिटीले दिने उहाँले बताउनुभयो ।
एमालेले एक सय बर्षमा कस्तो विकास गर्न सकिन्छ भनेर योजना बनाएको उल्लेख गर्दै उहाँले मण्डदेउपुरको सबै भेगमा विकास भएको र केही समयमै हिगुवापाटी देउपुर सडक कालोपत्र हुने बताउनुभयो । उहाँले काभ्रे जिल्लामा बाँकी रहेको विकास निर्माणको काम अघि बढ्ने बताउनुभयो । समग्र काभे्रेको विकासका लागि एमालेले नेतृत्व गरेकोे उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले अबको नेतृत्व १२ नै वडामा विजयी हासिल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कोही कुनै नेताको उम्मेदबार नहुने र वडा,नगर, प्रदेश र संघीय क्षेत्रमा विजयी हुने स्थिती सृजना गराउन आवश्यक रहेको उल्देख गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले काभ्रेको अध्यक्ष राजन भुर्तेलले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हामीले हार्दा त्यसको असर अहिले परेको बताउनुभयो । काभ्रेमा जुन हिसाबले विकास भएको थियो त्यसमा ब्रेक लागेको बताउँदै अब त्यसो गर्न छूट नभएको उहाँले स्पष्ट पार्नुभयो ।
अब काभ्रेमा माघ मसान्तसम्मका वडाको प्रत्येक टोलसम्म पार्टीको अधिवेशन गर्ने बताउनुभयो । उहाँले पौष मसान्तसम्ममा गाँउ र नगर अधिवेशन र माघ मसान्तसम्ममा टोलसम्म एमालेका अधिवेशन हुने बताउनुभयो ।
बागमती प्रदेशका सचिवालय सदस्य अशोककुमार व्याञ्जू श्रेष्ठले आफूले बुझेर मात्रै नभएर अरुलाई पनि बुझाउन सक्ने नेतृत्व निर्माण गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।
कार्यक्रममा नगर कमिटीका अध्यक्ष शेरबहादुर डोटेलले नगरले गरेको कार्यकालको प्रगतिको बारेमा अधिवेशनमा जानकारी गराउनुभएको थियो । तुलसी नेपालले संचालन कार्यक्रममा स्वागत मन्तव्य सुमन नेपालले राख्नुभएको थियो ।