काठमाडौँ । लामो समयदेखि संचारकर्म र सांगितिक क्षेत्रमा सक्रिय रहेका लोक तथा दोहोरी गायक शरण हुमागाईं पछिल्लो समय कारुणिक गीत ‘मेरो माया बुझेनन् कसैले’ लिएर आएका छन् ।

बहुप्रतिभाका धनि गायक हुमागाईंका यस अघि करिव तीन दर्जन गीत बजारमा आईसकेका छन् । गायन, गीत लेखन, निर्देशन र पछिल्लो समय अभिनयमा पनि सक्रिय रहेका हुमागाईका यस अघिका सृजना पनि श्रोता दर्शकको रोजाई पर्ने गरेका छन् ।

पछिल्लो समय बजारमा आएको ‘मेरो माया बुझेनन् कसैले’ गीतमा बिगतका यादहरु र आफ्ना भन्नेहरु अनि भगवानले समेत बुझन् नसकेका पीडा समेटिएका छन् । वियोगान्त प्रेम भावमा तयार भएको गीतमा शरण हुमागाईं र गीतादेबीको सुमधुर स्वर सुन्न सकिन्छ ।

विष्णु तामाङको संगीत संयोजनमा तयार भएको यो गीतमा विष्णु तामाङको लय र शरण हुमागाईंको शब्द रहेको छ । शंकरा डिजिटल रेकडिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेको यो गीतलाई कुमार सानु पुनले अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतको म्युजिक भिडियो पनि गीतको भावअनुसार देखाउन निकै नै मेहनत गरेको देख्न सकिन्छ ।

विष्णु तामाङको पटकथामा समिर थोकरले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियो सुशिल डाँगीले खिचेका हुन् । जीवन पासाको श्रृंगार अनि सुशिल डाँगीको सम्पादनमा तयार भएको यो गीतमा गायक तथा सर्जक स्वयम् शरण हुमागाईं, जीतबहादुर खड्का र आयुष्मा कार्कीको जिवन्त अभिनय रहेको छ ।

शरण हुमागाईं युट्युब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….