काभ्रेपलान्चोक – यहीँ पौष १४ र १५ गते दुई दिन जिल्ला सहकारी संघ लि. काभ्रेको संचालक समिति, लेखा सुपरिवेक्षण समिति , सल्लाहकारहरु र कर्मचारीहरुको उपस्थितीमा ४ बर्षे रणनैतिक योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्व र संघका सल्लाहकार मुकुन्द प्रसाद दाहालको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र कार्यक्रम गर्दै औपचारिक रुपमा कार्यक्रम शुभारम्भ भएको थियो ।

जिल्ला सहकारी संघले अवको चार बर्षमा के कसरी अगाडी बढ्नु पर्ने र कस्तो मार्ग चित्र तयार पार्नुपर्ने भन्ने विषयमा लामो छलफल सहित जिल्ला सकहारी अभियानको विकास , विस्तार र प्रवर्धनसँगै हालको सहकारी समस्या र त्यसको निराकरणको लागी संघको के कस्तो भुमिका रहन सक्छ भन्ने विषयमा छलफल गर्दै संघको परिकल्पना, उद्देश्य , लक्ष्य सहित योजना निर्माण गर्दै संघले गर्ने कार्यदिशा तय गरेको जिल्ला सहकारी संघको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

जिल्ला सहकारी संघको कार्यशालामा सहकारी क्षेत्रमा लामो समय निरन्तर कार्यरत सहकारी विज्ञ कुवेर निरौलाले सहजकर्ताको रुपमा रहि सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….