राष्ट्रिय युवा संघ काभ्रेद्धारा आयोजित दोस्रो संस्करणको खुल्ला फुटसल प्रतियोगिताको उपाधी क्लव चौंरी शुन्य सेभेनले जितेको छ । बनेपा स्थित एबीएम फुटसल मैदानमा आज भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा एपीओ बनेपालाई ६–५ गोल अन्तरले पराजित गर्दै क्लव चौंरीले उपाधी जितेको हो ।

निर्धारित १५ मिनेटको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । क्लव चौंरी खड्पु फुटवल क्लवलाई पराजित गर्दै फाइनल पुगेको हो भने एपीओ बनेपाले चौंरी जेसन्स ग्रुपलाई पराजित गर्दै फाइनल पुगेको थियो । योसँगै विजेता क्लव चौंरीले नगद ५० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता एपीओ बनेपाले नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले पुरस्कार वितरण गरेका छन् ।

पुरस्कार वितरण गर्दै अध्यक्ष थेबेले खेल क्षेत्रको प्रवद्र्धनका लागि युवा संघले रचनात्मक कार्य गर्दै आइरहेको बताए । खेल स्वास्थ्यका लागि समेत फाइदाजनक भएकाले शारिरिक तन्दुरुस्ती सँगै सकारात्मक सोचको विकासका लागि पनि खेल महत्वपुर्ण रहेको बताए । युवा संघ काभ्रेका अध्यक्ष इश्वर बल्लव सापकोटाले युवाको संकल्प, समृद्धिको यात्रा नारा सहित विभिन्न कार्यक्रम गर्दै आइरहेको जानकारी दिए । दोस्रो संस्करणको फुटसल प्रतियोगितामा युवाको सहभागीता र चासोले खेल क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको बताए । आगामी दिनमा खेल क्षेत्रको थप विकासका लागि युवा संघले निरन्तर आवाज उठाउने उनले बताएका छन् ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका उपाध्यक्ष देवसागर लामा, केन्द्रिय सह–सचिव सन्देश चौंलागाँई लगायत युवा संघका नेता कार्यकर्ता र खेलाडीको उल्लेख्य उपस्थिती रहेको थियो । युवा संघ काभ्रेका सचिव सिवि लामाले कार्यक्रम सञ्चालन गरेका थिए । खुल्ला फुटसल प्रतियोगितामा ४४ टिम सहभागी थिए । कार्यक्रमको उद्घाटन नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….