बनेपा – तेमाल गाउँपालिका वडा नं ९ बाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट बिद्रोह भएको छ । नेकपा माओवादी केन्द्रको वडा तथा वाइसिएल नेपाल तेमाल वडा नं ९ को दुबैको संयोजकको जिम्मेवारी निभाएका उत्तर लामाको नेतृत्वमा विद्रोह भएको हो । त्यस्तै नेपाली कांग्रेसका निकट तरुण दलका गाउँ ईकाई समितिका सदस्य प्रदिप दोङको नेतृत्वमा एक दर्जन कृयाशिल सदस्यले मंगलबारबाट एमालेले रोजेका हुन् ।
एमालेमा प्रवेश गर्नेहरुमा भिम दोङ, पासाङ तामाङ, उर्गेन दोङ, अनिष लामा, छिरिङ लामा, रिकी मोक्तान, राजन दोङ, विश्व दोङ, डिल थोकर, राजकुमार भण्डारी र कविन तामाङ हुनुहुन्छ ।
एमालेका पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले एमाले पार्टी कार्यालयमा एक कार्यक्रमका बीच उहाँहरुलाई स्वागत गर्नुभयो । उहाँले नवप्रवेशीले पार्टीको उचित जिम्मेवारी पाउने बताउनुभयो । एमालेको विशाल घरमा स्वागत गर्र्दै आजबाटै सबैजनालाई एमालेले कमरेडी सम्बन्ध राख्ने उहाँले बताउनुभयो ।
प्रवेश कार्यक्रममा एमाले बागमती प्रदेशको सचिवालय सदस्य रिता ढकाल, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देवसागर लामा, नेकपा एमाले जिल्ला कमिटीका सदस्य ईन्द्रमान तामाङको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….