काभ्रेको भुम्लु गाउँपालिकामा दुई स्थानीयको घर चोरी भएको छ ।

भुम्लु  गाउँपालिका -२, सिम्थलीस्थित न्यौपाने टोलका ३५ वर्षीय काइला लामा र ८१ वर्षीय च्याङ्बा लामाको घरमा   चोरी भएको हो ।

आज बिहान ३ बजे पाँच जनाको अपरिचित समूहले लामाको घरमा चोरी गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय कात्तिके देउरालीका प्रहरी निरीक्षक हरेराम नेपालका अनुसार  ३५ वर्षीय काइला लामाको घरबाट  दुई वटा खुकुरी,  दुई वटा कुखुरा , तीन हजार रुपैयाँ र पुरानो सिक्का चोरी भएको छ भने ८१ वर्षीय च्याङ्बा तामाङको घरबाट ४ वटा चाँदीको बाला एउटा सुनको तिलहरी  र नदग  ९ हजार रुपैयाँ चोरी भएको छ ।

‘खबर पाए लगत्तै  घटस्थलमा म आफै पुगेको थिएँ । ५ जनाको अपरिचित समूह बाइकमा आएर चोरी गरेको भन्ने छ,’निरीक्षक नेपालले काभ्रे प्रेससँग भने,’हामीले अनुसन्धान गरिरहेका छौँ ।’

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul