जनागाल/संकल्प कलेज बनेपाले वि. आई. एम तथा वि. एच. एम मा भर्ना भएका दोस्रो वर्षका विद्यार्थीहरुलाई एक कार्यक्रमकाबिच स्वागत गरेको छ ।
हिमालय दृष्य रिर्सोट धुलिखेलमा भएको कार्यक्रममा कलेजका सञ्चालक समितिका अध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल रजिब श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । कलेजका शिक्षा निर्देशक डुलराज चिमौरियाले काभ्रे जिल्लामै वि. आई. एम तथा वि. एच. एम मा अध्ययापन हुने पहिलो कलेज भएको बताए ।
काभ्रे तथा आसपासका जिल्लाबाट विद्यार्थीहरुलाई उक्त विषयहरु अध्यापन गर्न उपत्यका जानु पर्ने बाध्यता बाट संकल्प कलेजले धेरै राहत मिलेको चिमौरियाले बताए । विद्यार्थीहरुको रोजाई तथा प्राविधिक धारतर्फ विद्यार्थीहरुलाई अध्यन गर्दे रोजगारीको सम्भावाना भएको विषय रहेको बताइएको थियो । बि.आई. एम विषयमा ६६ जना तथा वि.एच. एम मा ३२ जना विद्यार्थी भर्ना भएका प्रशासन प्रमुख निरोज पाण्डेले बताए । पहिलो वर्ष ३९ जना विद्यार्थीहरुले भर्ना गरेका थिए भने दोस्रो वर्ष ९८ जनाले भर्ना गरेका पाण्डेले बताए ।
त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा सम्पुर्ण सुविधा सम्पन्न, पर्याप्त खेलकुद, फुटसल लगाएतका सुविधाहरु रहेको छ । कार्यक्रममा कलेजका आर के दाहाल, विद्यार्थी श्वेता गौतम लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
शिक्षा निर्देशक डुल राज चिमरिय ले TU सङ्गै UK सरकारद्वारा मान्यता प्राप्त NCC कलेज बाट data science मा संकल्प कलेजले सम्झौता गरेको छ । बि आइ एम पढ्ने विद्यार्थीहरुको लागी international degree पनि प्राप्त गर्ने सम्झौता भएको घोषण गरेका छन् ।