काभ्रेपलान्चोक – नेफ्स्कुन र जिल्ला बचत संघ काभ्रेको सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत पौष २० गते शनिबार संघको सभाहल संस्थाका ऋण उपसमितिका पदाधिकारी र ऋण विभागका कर्मचारीहरुलाई लक्षीत गरी ऋण परामर्श तालिम संघका शिक्षा तथा तालिम उपसमितिका सदस्य पूर्णसागर रंजितको सभाध्यक्षमा तालिम सम्पन्न भएको छ। संघमा आबद्ध १९ वटा सहकारी संस्थाहरुबाट २५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक अनिल बीर बज्राचार्यले तालिम विषयवस्तुको प्रस्तुतिकरण गर्नुभएको थियो ।

संघका सहायक कार्यकारी अधिकृत रवि कुमार के.सी.ले बचत तथा ऋण सहकारी संस्थाको मुख्य उद्देश्य सदस्यहरुबाट बचत संकलन गर्ने र संस्थाको ऋण कार्यविधि, सहकारी ऐन, नियमावालीमा रहि प्राथमिक पुँजिको १५ प्रतिशत भन्दा बढि नहुने गरि क्षमताको आधारमा सुरक्षित ऋण लगानी गर्नुपर्ने कुरा स्वागत मन्तव्यको क्रममा राख्नुभएको थियो । संघका अध्यक्ष उदयराम कायस्थले पानसमा दिप प्रज्वलोन गरि विधिवत् रुपमा उद्घाटन गर्नुभएको कार्यक्रममा संघका ऋण उपसमितिका सदस्य जयप्रसाद मानन्धरले हालको परिपेक्षमा ऋण लगानी गर्नु निकै जोखिमपुर्ण रहेको हुँदा एक्कै शिर्षकमा र एक्कै व्यक्तिलाई ठुलो लगानी नगरि ऋणलाई विविधिकरण गरि लगानी गर्दा जोखिम कम हुने कुरा बताउनु भयो ।

संघका अध्यक्ष उदयराम कायष्ठले ऋण लगानी सहकारीको मेरुदण्ड भएको हुँदा नीति, विधिमा रहेर लगानी गर्नुपर्ने र संस्थाको ऋण भाखा नाघन्नु भनेको संस्थालाई क्यान्सरले ग्रसित भएको छ भन्ने बुझनुपर्ने र बैलैमा उपचारको विधि पहिल्याउनुपर्ने कुरा मन्तव्यको क्रममा राख्नुभएको थियो । उद्घाटन सत्रका सभाध्यक्ष संघका शिक्षा तथा तालिम उपसमितिका सदस्य पूर्णसागर रंजितले तालिम गर्नुको उद्देश्य, औचित्य र पृष्ठभुमिको बारेमा राख्नुभएको थियो ।

तालिमको समापनमा संघका संचालक सदस्य बालकृष्ण दाहालले सहभागीहरुलाई प्रमाण पत्र र प्रशिक्षकलाई मायाको चिनो सहित प्रशंसा पत्र प्रदान गर्दै ऋण लगानीको प्रक्रिया, ऋण जोखिम कोष आवश्यकता र असुलीको कानुनी प्रक्रियाको बारेमा आफ्नो भनाई राख्दै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै तालिम समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रम संचालन संघका बरिष्ठ सहायक सुन्दिरा प्रधानले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….