बनेपा । सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ । कम्पनीले रोशी ११ घर भइ बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च वापत ५ लाख ९ सय ५९ रुपैयाँ उपलब्ध गराएको हो । बनेपा शाखामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कम्पनीले पीडितलाई चेक हस्तान्तरण गरेको हो । सुरुमा स्वस्थ रहेका कृष्णमान तामाङले १५ वर्ष अविधिको बिमा गरेको तर ६ वर्षको प्रिमियम रकम तिरिसक्दा अकस्मात कान नसुन्ने रोग लागेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले सिटिजन लाइफ बिमा र भुक्तानी प्रणालीको बारे जानकारी गराए । यससँगै २० वटा घातक रोग लागेबापत कम्पनीले उपचार खर्च प्रदान गर्दै आएको जानकारी दिए । क्यान्सर, मृगौला फेल, ओपन हर्ट सर्जरी, जलन लगायतका समयस्या भएमा बिमितलाई सम्झौता बमोजिमको रकम उपलब्ध गराउने उनले जानकारी दिए । अधिकतम् ५० लाख सम्म दिने व्यवस्था रहेको पोखरेलको भनाइ छ । नेपालमा वर्षमा ४ लाख ९६ हजार मानिस उपचार गर्दागर्दै गरिब हुने गरेको तथ्यांक समेत उनले सार्वजनिक गरेका थिए ।

सिटिजन लाइफ इन्सुरेन्स बनेपा शाखा प्रमुख ओहमराज तामाङ ले बिमाले मृत्यु भएपछि मात्र भुक्तानी दिन्छ भन्ने भाष्य गलत भएको बताए । ढुक्क भएर सिटिजन लाइफ मार्फत बिमा गर्न तामाङले अनुरोध गरे ।

घातक रोग अन्तर्गत कान नसुन्ने भएकोले दाबी भुक्तानी वितरण गर्न लागिएको सिटिजन लाईफ बनेपाका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले जानकारी दिए। बिमा झण्झटिलो भन्ने गरिए तापनि कागजात पेश गरेको १ हप्ता भित्रै भुक्तानी बिमितले प्राप्त गर्नुभएको लामाले जानकारी दिए । एजेन्सी मेनेजर लामाका अनुसार बिमा अपरिहार्य, अनिवार्य बचत र जोखिम बहन हो ।

एजेन्सी म्यानेजर लामाले आफ्नो छोटो कार्यकालमा ५ सय जना भन्दा बढीको विमा गरिसकेको जानकारी दिए । आफ्नो करिअरमा पहिलो पटक घाटक रोग गर्ने बिमित लाभान्वित हुनु आफ्नो लागि धेरै खुसीको क्षण भएको बताए । बिमा झन्झटिलो र मृत्युपछि मात्र भुक्तानी पाउने भन्ने धारणा चिर्न सफल भएको लामाको भनाई थियो ।

कार्यक्रममा पीडितकी धर्मपत्नी गुणमाया तामाङले बिमा गर्दा आफूलाई र परिवारलाई सहायता प्राप्त भएकोमा खुसी व्यक्त गरिन् । आवश्यक कागजात पेस गरेको छोटो समयमा नै दाबी भुक्तानी प्राप्त गर्न सकेको तामाङको भनाइ थियो । आफूले एजेन्सी मेनेजर अशोक बुद्ध लामा मार्फत बिमा गरेको र पतिको कानमा पूरै समस्या हुँदा सहज भुक्तानी प्राप्त गर्न सकेको अनुभव सुनाईन् । उनले भनिन् ‘जीवन बिमा गर्नुहोस् । सिटीजन लाइफ ईन्सुरेन्स विश्वसनीय र भरपर्दो रहेछ ।’ उनले गीत गाउँदै सिटिजन लाइफमा जीवन बिमा गरिसकेपछि मनमा चिन्ता पिर लिन नपर्ने बताउँदै वृद्ध, बालक र सबैले ढुक्क भएर बिमा गर्न सुझाउनु भयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….