तारकेश्वर नगरपालिका बडा नं १कोआयोजन र प्रहरी बृत बालाजुको सहकार्यमा नागरिक सुनुवाई कार्यक्रम तारकेश्वरमा सम्पन्न भएको छ । कार्यक्रममा तारकेश्वर न.पा. नयाँ वस्ति आनन्द टोल सुधार समितिका अध्यक्ष श्री उत्तम बहादुर अधिकारी ज्यूको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी वृत बालाजुका प्रमुख प्रहरी नायब उपरिक्षक श्री दान बहादुर थापाले गरेका थिए । विशिष्ट अतिथि तारकेश्वर नगरपालिका वडा न.. १ का वडा अध्यक्ष श्री विदुर सापकोटाले गरेका थिए । विशेष अतिथि ट्रफिक प्रहरी वृत नयाँ वसपार्क काठमाडौंका प्रहरी निरिक्षक श्री भगवान राज थापाले गरेका थिए । कार्यक्रममा तारकेश्वर नगरपालिका वडा न१का सदस्य अच्युत कुवर समेत सहभागी थिए ।
कार्यक्रममा राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेस जंग कुवर समेत सहभागी थिए। यस्ता जनचेतनामूलक कार्यक्रम समय समयमा गर्न आवश्यक रहेकाे उनले बताए।बिगत लामाे समयलेखि संचालन मा रहेको अस्थायी प्रहरी चाैकि राम्रो संग बेवास्ता गर्न काे लागि केही जनसक्ति काे पनि आवश्यक भएको देखिन्छ उनले भने।
प्रमुख अतिथि थापाले आफ्नो कार्यकालमा तारकेश्वर नगरपालिका र महानगरपालिकासग जाेडिएका एरियालाई अझ अब्बल बनाउने प्रतिबद्धता जाहेर गरे।
प्रहरीको काम कारवाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउन र सर्वसाधारण तथा सरोकारवालाको कानून सम्वत सरोकारलाई सम्वोधन गर्न गरिएको थियो । प्रहरी सँग सम्वन्धित विषयमा स्थानिय आम जनसमुदायबाट राय सल्लाह सुझाब र गुनासो लिने र प्राप्त गुनासो सम्बोधन गर्दै उचित राय सुझाब अनुसार स्थानिय स्तरमा सहभागिता बढाउनु रहेको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिले समेत कार्यक्रमालई संवोधन गरेका थिए ।सहभागिबाट उठेका जिज्ञासा र गुनासो सम्बन्धमा कार्यक्रमका विशेष अतिथि ट्राफिक प्रहरी वृत नयाँ वसपार्कका प्रमुख प्र.नि.श्री भगवानराज थापाले दिएका थिए ।