सन्तोष बजगाई
काभ्रेपलान्चोक/ काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग बेथानचोक गाउपालिका वार्ड नं. ३ मा अवस्थित श्री बेथाञ्चोक नारायण आधारभूत विद्यालयका ८५ विद्यार्थीहरुको लागि Lions Club of Kathmandu Mitranagar Naya Buspark
Lions Club of Kathmandu Aviyan
Lions Club of Kathmandu Prayasnagar को सहयोगमा न्यानो कपडा र स्टेशनरी सामानहरु वितरण कार्यक्रम पौष २९ गते सोमबार सम्पन्न भएको हो।
काभ्रेपलान्चोक जिल्ला को दक्षिणी भेग बेथानचोक गाउपालिका वडा नम्बर ३ ढुंखर्कमा २०८१ साल असोज १०-१२ गतेसम्म परेको अविरल वर्षाको कारणले ढुंखर्कका धेरैको जनजीवन प्रभावित भएको थियो। काभ्रेपलान्चोक जिल्ला ले उक्त भेगलाई संकटकालको घोषणा गरेको थियो। उक्त भेगमा अवस्थित बेथाञ्चोक नारायण आधारभूत विद्यालयलाई जाडोको समयमा केही सेवा र मलम पट्टि लगाउनु पर्छ भनी न्यानो कपडा स्टेसनरी वितरण गरेको लायन्स ड्रिष्ट्रिक्ट ३२५ एल का रिजन चियरपर्सन निरंजन लम्साल ले बताए।साथै ड्रिष्ट्रिक्ट ३२५ एल बाट भाईस गभर्नर लायन तारा भुसाल का अनुसार अगामी दिनहरुमा विद्यार्थीको हक र हितको लागि पनि यस्तै कार्यक्रमहरु गर्ने प्रतिबद्धता जाहेर गरेकी हुन।
कार्यक्रम बेथानचोक गाउपालिका का उप-प्रमुख तारा राना तिमल्सिना को प्रमुख आतिथ्यतामा तथा कार्यक्रममा ड्रिष्ट्रिक्ट ३२५ एल बाट भाईस गभर्नर लायन तारा भूसालको विशेष अतिथ्यतामा तथा धर्मनाथ शर्मा सोनि कारंजित,सरला घिमिरे ,रुपमा जंगम राणा ,शुरेन्द्र गिरि को अतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा श्री बेथाञ्चोक नारायण आधारभूत विद्यालयका सस्थापक गेणप्रसाद तिमल्सिना विद्यालय ब्यस्थापन समितिका सदस्य अमृत बजगाई शिक्षक अभिवावक संघका अध्यक्ष विनोद वि.क लगायत शिक्षक,बिद्यार्थी अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
बेथाञ्चोक नारायण आधारभूत विद्यालयका प्रधानध्यापक श्याम बहादुर लामाले न्यानो कपडा स्टेसनरी वितरण कार्यक्रमको समन्वय गर्नुहुने यसै विद्यालयका पुर्व विद्यार्थी सन्तोष बजगाई सहित कार्यक्रममा पाल्नुभई सहयोग गर्नुहुने सहयोगी दाताहरुको लागि धन्यवाद सहित शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम श्री बेथाञ्चोक नारायण आधारभूत विद्यालयका शिक्षिका मन्जु घिमिरेले संचालन गर्नु भएको थियो भने विद्यालय ब्यस्थापन समितिका अध्यक्ष मोहनकृष्ण तिमल्सिना को सभापतित्वमा सम्पन्न भएको थियो।