धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् । सोहि अवसरमा निर्वाचितहरुलाई प्रशिक्षण समेत उपलब्ध गराईएको छ ।
पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटा, एमाले काभ्रेका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, जिल्ला अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य रिता ढकाल, धुलिखेल इन्चार्ज गिता सुनार, नगर कमिटीका पुर्व अध्यक्ष दयाराम महत, निर्वाचित अध्यक्ष विष्णु धिताल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा कमिटीमा रहने नेताहरुले पार्टीका नीति, विचार र सिद्धान्तलाई पालना गर्दै जनता र जनजीविकासँग सरोकार राखेर कार्य गर्न निर्देशन दिईएको थियो । धुलिखेल एमालेले सर्वसम्वत कमिटीहरु छनौट गरेको थियो ।
नगर कमिटीको पदाधिकारीहरुमा पुष्पराज राउत उपाध्यक्ष, कृष्णहरी कोईराला सचिव, गणेश आचार्य र सरस्वती श्रेष्ठ उप सचिव रहेका छन् । कार्यक्रममा प्रदेश कमिटी, जिल्ला कमिटी तथा नगर कमिटीका विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो ।