काभ्रे इङ्ग्लिस माध्यमिक विद्यालय पनौतीमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ।
काभ्रे शिक्षा विकास प्रतिष्ठान द्वारा सञ्चालित काभ्रे इङलिस माध्यमिक विद्यालय पनौतीका विद्यार्थीहरूले आज शैक्षिक प्रदर्शन सम्पन्न गरेका छन्।
कार्यक्रममा काभ्रे शिक्षा विकास प्रतिष्ठानका व्यवस्थापन सदस्य शान्तिराज कायस्थ, इन्द्रबहादुर श्रेष्ठ, बालभक्त श्रेष्ठ तथा काभ्रे प्यापसनको सदस्यहरू र विद्यालयका अभिभावकहरूको बाक्लो उपस्थितिमा विद्यालयका कक्षा ७ का भाइबहिनीहरूले गणेश बन्दना र सरस्वती स्तोत्रहरू गाएर कार्यक्रमको समुद्घाटन भएको थियो।
उक्त कार्यक्रममा विद्यालयका प्राचार्य वसन्तराज नेपालले विद्यार्थीलाई शैक्षिक विकासका लागि विभिन्न किसिमका व्यवहारिक ज्ञान लाई पाठ्यपुस्तकसँग जोड्दै तथा खोजमूलक र प्रदर्शनमूलक कार्यक्रम राख्दा चौतर्फिक विकास साथै बौद्धिक विकासमा अत्यन्त सहयोग पुग्ने र यस्तो कार्यक्रम विद्यार्थीहरू खुसी रहेर उत्सुकताका साथ कार्यक्रममा सहभागी भएको कुरा बताउनुभयो।
उपस्थितिमा रहनुभएका अभिभावकतथा आगन्तुक वर्गहरूले विद्यालयलाई अत्यन्त आवश्यक पर्ने कुराहरू र पाठमा रहेका विद्यार्थीका विषयलाई उठान गरेको कुरामा अभिभावक खुसी भएको बताउनुभयो साथै कार्यक्रममा विज्ञानका प्रदर्शनहरू हिसाबका खेलहरू सामाजिक खेलहरू नेपाली व्याकरणका कुराहरू संस्कृतका श्लोकहरु र रोबोटिक्स जस्ता विज्ञानका विषयहरूमा भरपुर रुपमा विद्यार्थीले आफ्नो प्रतिभाहरुलाई प्रस्तुत गरेको पाइएको थियो।विषय विभाग हरूमा भिन्नाभिन्नै स्टलहरू रहेको थियो साथै
विद्यार्थीहरूबाटै खाजा तथा चिया लगायतका खानेकुराहरूको पनि रहेको थियो। यस कार्यक्रम विगतका वर्षहरूदेखि नै निरन्तर रुपमा चल्दै आएको बताउनुभयो।