काठमाडौं । सञ्चारकर्मी, कवि तथा साहित्यकारको परिचयबाट स्थापित सुशीला ढकाल अधिकारीले रचना गनुभएको राष्ट्रभावले ओतप्रोेत गीत भिडियो सहित रिलिज भएको छ ।
वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीले स्वर दिएकोे उक्त गीत कवयित्री अधिकारीको आफ्नै युटुव च्यानल सिर्जनाको चौतारी मार्फत बुधबार बिहान ७ बजे रिलिज भएको हो ।
उहाँले राष्ट्रको सम्मान स्वरूप कोरेका शब्दहरुमा गाइएको उक्त गीत ‘सहिद दिवस’ अर्थात माघ १६ गतेको अवसर पारी भिडियो सहित रिलिज गरिएको हो ।
देशको वर्तमान अवस्थालाई झल्काउने राष्ट्रभावको जागरण गीत ‘उठ नेपाली , जुट नेपाली’ मा अगाडि भनिएको छ ‘पहाड हाम्रै हो, तराई हाम्रै हो , सबै मिलेमा, देशलाई राम्रै हो । उठ नेपाली, जुट जुट नेपाली –२, सम्बृद्ध नेपाल हेर्नु छ, न फूट नेपाली, उठ नेपाली लौ जुट नेपाली –२’
युटुव च्यानल मार्फत सार्वजनिक भएको केही घण्टामै उक्त भिडीयो सहितको राष्ट्रिय गीतले धेरैको मन जितिसकेको बताइएको छ । मनोहर सुनामले संगीत संयोजन गरेको उक्त गीत दील समर्पणले रेकर्ड गरेका हुन् । प्रकाश मिश्रको मिक्सिङ रहेको सो गीतको दृष्याङ्कन भने बिरेन्द्र भाट विपिनले गरेका छन् । एकौस्टिक नेपालमा रेकर्डिङ भएको सो गीतको पोस्ट प्रोडक्सन वल्र्ड कभर मिडीया प्रालिले गरेको हो । चर्चित गायक योगीले उक्त शव्दको भावले आफ्नो मन छोएकाले सो गीत आफले गाएको प्रतिक्रिया दिए । उहाँले यो गीत आजको युगको आवश्यकता भएको र आजको नेपाल र नेपाली जनजनको नारा भएको भन्दै संगीत गर्दा र गाँउदा आफु निक्कै भावुक भएको बताउनुभयो । आफुले नेपालीहरुलाई एकताको सन्देश सहित फुटेर होइन जुटेर अघि बढ्न र राष्ट्रियताप्रति गम्भिर बन्न आग्रह गर्ने उदेश्यले उक्त गीत सिर्जना गरेको कवयित्री अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गीतमा देशको रक्षा गर्न र शान्ति छर्न नेपालीहरु फूट्न हुन्न भन्ने भाव समेटिएको छ । कृपया मेरो गीत रचना तर्फको पहिलो प्रयासलाई अध्याधिक मन पराइदिएर हौसला प्रदान गर्नुहुनेछ भन्ने आशा गरेकी छु’।’
(हेर्नुस् गीतको लिंक)….

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….